काठमाडौँ: नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’ केन्द्रित गर्ने भएको छ ।
पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ को आज बसेको बैठकले सभाहरूमा केन्द्रीय वक्ताहरू नदोहोरिने गरी व्यवस्थापन गर्नेसमेत निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसका उपसभापति एवं उपसमितिका संयोजक धनराज गुरुङको सभापतित्वमा भएको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निर्धारण गरेका खुलासभाबाहेक अन्य कार्यक्रमहरू विकेन्द्रित रूपमा आयोजना गर्ने÷गराउने निर्णय गरेको छ ।
बैठकमा उपसमिति सदस्यहरू सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला एवं सदस्य सचिव डा प्रदीप पराजुलीको उपस्थिति थियो ।
रासस
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…