करुवा’ चुनाव चिह्न लिएर नेपाली कांग्रेस (विपी)

काठमाडौँ: नेपाली कांग्रेस (विपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको छ । कांग्रेस (विपी)ले आज केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो । उक्त पार्टी २०७४ सालमा स्थापना भएको हो ।

पत्रकार सम्मेलनमा विपी कांग्रेसका प्रवक्ता शिवप्रसाद सिम्खडाले दुई महानगरपालिकासहित देशभरबाट २२ नगरमा प्रमुखको उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिए । कांग्रेस विपीले काठमाडौँ महानगरपालिकाको प्रमुखमा भक्तराज भुसाल र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाएको छ ।

यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा रामचन्द्र गौतमले उम्मेदवारी दिएका छन् । सो पार्टीले देशभर नगर उपप्रमुखमा नौ, गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा तीन, वडा अध्यक्षमा ४१, महिला सदस्यमा १८, दलित महिला सदस्यमा १४ र खुला सदस्यमा ४० जनाले उम्मेदवारी दिएको प्रवक्ता सिम्खडाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा विपी कांग्रेसका सभापति सुशीलमान शेरचनले विपी कांग्रेसले देशभरका ४५ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको र सोहीअनुसार पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेको जानकारी दिए । ‘करुवा’ चुनाव चिह्न लिएर विसं २०७४ मा सम्पन्न प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस विपीले भाग लिएको थियो । रासस

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago