खेलाडीले नै आफूखुसी छाडेर गएको आरोप लगाए

काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द्र प्रशिक्षण छाडेर गएका खेलाडीलाई फेरि टिममा सामेल गर्न नसकिने आइतबार बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै उनले ती खेलाडीलाई कुनै कारबाही नगर्न भने अनुरोध गरेका छन् ।
अल्मुताइरीले एसियाकप छनोट तेस्रो चरणको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफू छोड्न नभनेको र खेलाडीले नै आफूखुसी छाडेर गएको आरोप लगाएका छन् । त्यस अगाडि १० खेलाडीले पत्रकार सम्मेलन गर्दै प्रशिक्षकले आफूहरूलाई प्रशिक्षण छाडेर जान भनेको दाबी गरेका थिए ।

त्यस विवादपछि अल्मुताइरीले १७ खेलाडी थप गर्दै राष्ट्रिय टिमको प्रशिक्षणलाई निरन्तरता दिएका छन् । उनले खेलाडीले लगाएका आरोपबाट आफू दु:खी भएको पनि बताएका छन् । उनले मुख्य प्रशिक्षकका रूपमा टिम निर्माणको सम्पूर्ण जिम्मेवारी आफ्नो रहेको र त्यसले दिने नतिजाको सबै जिम्मेवारी पनि आफ्नै हुने बताएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago