काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द्र प्रशिक्षण छाडेर गएका खेलाडीलाई फेरि टिममा सामेल गर्न नसकिने आइतबार बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै उनले ती खेलाडीलाई कुनै कारबाही नगर्न भने अनुरोध गरेका छन् ।
अल्मुताइरीले एसियाकप छनोट तेस्रो चरणको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफू छोड्न नभनेको र खेलाडीले नै आफूखुसी छाडेर गएको आरोप लगाएका छन् । त्यस अगाडि १० खेलाडीले पत्रकार सम्मेलन गर्दै प्रशिक्षकले आफूहरूलाई प्रशिक्षण छाडेर जान भनेको दाबी गरेका थिए ।
त्यस विवादपछि अल्मुताइरीले १७ खेलाडी थप गर्दै राष्ट्रिय टिमको प्रशिक्षणलाई निरन्तरता दिएका छन् । उनले खेलाडीले लगाएका आरोपबाट आफू दु:खी भएको पनि बताएका छन् । उनले मुख्य प्रशिक्षकका रूपमा टिम निर्माणको सम्पूर्ण जिम्मेवारी आफ्नो रहेको र त्यसले दिने नतिजाको सबै जिम्मेवारी पनि आफ्नै हुने बताएका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…