राष्ट्रिय प्रतियोगिताका लागि छनोट को को भए ?

काठमाडौँ: धादिङका रोहित महर्जन र काठमाडौंका मार्सल गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटमा विजेता भएका छन् । भक्तपुर सानोठिमीमा शनिबार पुरुष ५२ केजी तौलमा रोहित र ५७ केजीमा मार्सलले पहिलो स्थान हात पारे ।
पुरुष ५२ केजीमा रोहितले फाइनलमा अभिषेक तामाङलाई पराजित गरे । मार्सलले रामेछापका करण लोहारलाई हराए । ६३ केजीमा रामेछापका मौसम राना काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए । उनले फाइनलमा धादिङका सुरेश भण्डारीलाई पराजित गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ६९ केजीमा भक्तपुरका विरिस खनालले काठमाडौंका विवेक भट्टराईलाई हराएर पहिलो स्थान हात पारे । ७५ केजी तौलमा मकवानपुरका निश्चल विष्ट पहिलो भए । उनले काठमाडौंका अतुल्य भण्डारीलाई हराए । ९१ केजी तौलमा धादिङका उमंग गुरुङले काठमाडौंका शिशिर थिङलाई हराए ।

महिलातर्फ ५१ केजीमा भक्तपुरकी अस्मिता दुवाल, ५७ केजीमा रामेछापकी स्वस्तिका तिरुवा, ६० केजीमा धादिङकी शशिकला राई राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वैशाख ६ देखि १० सम्म काठमाडौंको वसन्तपुर डबलीमा राष्ट्रिय प्रतियोगिता हुनेछ । पुरुषतर्फ ७ र महिलामा ५ तौल समूहमा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेश १ का ११ खेलाडी छनोट

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङका लागि प्रदेश १ बाट ११ खेलाडी छनोट भएको छ । सात पुरुष र चार महिला खेलाडी छनोट भए । त्यसमा झापाका १० खेलाडी छन् । पुरुष ५२ केजीमा धर्मेन्द्र राई, ५७ केजीमा भूगोल लिम्बु, ६३ केजीमा टोविन प्रधान, ६९ केजीमा अभिनय राई, ७५ केजीमा सुनसरीका सनम गुरुङ, ८१ केजीमा प्रसंग लिम्बु र ९१ केजीमुनि प्रसिस रुचाल छनोट भए ।

महिला ५२ केजीमा सुस्मिता श्रेष्ठ, ५७ केजीमा सुस्मिता राई, ६० केजीमा नरिका राई र ७५ केजी तौलमा तृष्णा लिम्बु छनोट प्रतियोगिताको प्रदेश १ संयोजक अभिषेक श्रेष्ठले जानकारी गराएका छन् । सनमबाहेक सबै झापाका खेलाडी हुन् ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago