काठमाडौँ: धादिङका रोहित महर्जन र काठमाडौंका मार्सल गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटमा विजेता भएका छन् । भक्तपुर सानोठिमीमा शनिबार पुरुष ५२ केजी तौलमा रोहित र ५७ केजीमा मार्सलले पहिलो स्थान हात पारे ।
पुरुष ५२ केजीमा रोहितले फाइनलमा अभिषेक तामाङलाई पराजित गरे । मार्सलले रामेछापका करण लोहारलाई हराए । ६३ केजीमा रामेछापका मौसम राना काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए । उनले फाइनलमा धादिङका सुरेश भण्डारीलाई पराजित गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ६९ केजीमा भक्तपुरका विरिस खनालले काठमाडौंका विवेक भट्टराईलाई हराएर पहिलो स्थान हात पारे । ७५ केजी तौलमा मकवानपुरका निश्चल विष्ट पहिलो भए । उनले काठमाडौंका अतुल्य भण्डारीलाई हराए । ९१ केजी तौलमा धादिङका उमंग गुरुङले काठमाडौंका शिशिर थिङलाई हराए ।
महिलातर्फ ५१ केजीमा भक्तपुरकी अस्मिता दुवाल, ५७ केजीमा रामेछापकी स्वस्तिका तिरुवा, ६० केजीमा धादिङकी शशिकला राई राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वैशाख ६ देखि १० सम्म काठमाडौंको वसन्तपुर डबलीमा राष्ट्रिय प्रतियोगिता हुनेछ । पुरुषतर्फ ७ र महिलामा ५ तौल समूहमा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रदेश १ का ११ खेलाडी छनोट
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङका लागि प्रदेश १ बाट ११ खेलाडी छनोट भएको छ । सात पुरुष र चार महिला खेलाडी छनोट भए । त्यसमा झापाका १० खेलाडी छन् । पुरुष ५२ केजीमा धर्मेन्द्र राई, ५७ केजीमा भूगोल लिम्बु, ६३ केजीमा टोविन प्रधान, ६९ केजीमा अभिनय राई, ७५ केजीमा सुनसरीका सनम गुरुङ, ८१ केजीमा प्रसंग लिम्बु र ९१ केजीमुनि प्रसिस रुचाल छनोट भए ।
महिला ५२ केजीमा सुस्मिता श्रेष्ठ, ५७ केजीमा सुस्मिता राई, ६० केजीमा नरिका राई र ७५ केजी तौलमा तृष्णा लिम्बु छनोट प्रतियोगिताको प्रदेश १ संयोजक अभिषेक श्रेष्ठले जानकारी गराएका छन् । सनमबाहेक सबै झापाका खेलाडी हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…