अस्पताल परिसरमा कुकुरले शिशुको शव च्यापेर हिँडेपछि

कर्णाली: प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ ।
कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापरबाही नभएको प्रष्टीकरण दिएको हो । अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरु गरेको जानकारी दिए । डा. केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सीसीटीभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान करिब ७ः३७ मिनेटमा कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ ।”
नवजात शिशुको रेकर्ड हेर्दा विगत एक सातादेखि दुईजनाको मात्र मृत्यु भएको र ती शव आ–आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न अभिभावकलाई जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ ।
आज बिहान अस्पताल भर्ना भएका एक बिरामीका कुरुवाले तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नासाथ अस्पतालको लापरबाही भन्दै टिकाटिप्पणी भएको थियो । कुकुरले टाउको नभएको शिशुको शव च्यापेर हिँडिरहेको देखेपछि अस्पतालका सुरक्षा गार्डले कुकुरबाट उक्त शव खोसेका थिए ।
प्रसूति वार्डबाटै कुकुरले शिशु लिएको अपवाह फैलाइएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ । रासस

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago