नेपाल-भारत सीमा विवाद संवादमार्फत सुल्झाउनुपर्छ : भारतीय विदेश सचिव

काठमाडौं भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत सीमा विवादलाई राजनीतिकरण गर्न नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी दिन विदेश मन्त्रालयले शनिबार नयाँदिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संवादमार्फत सीमा सुल्झाउनुपर्ने जनाए ।

फाइल फोटो
‘सीमा विवादबारे संक्षेपमा छलफल भयो । यो मुद्दा हाम्रो मैत्री सम्बन्धलाई ध्यानमा राखी संवादमार्फत सुल्झाउने कुरा भयो । सीमा समस्यालाई राजनीतिकरण गर्नु हुँदैन । सीमा विवाद संवादमार्फत सुल्झाउनु पर्छ,’ भारतीय विदेश सचिव श्रृंगलाले भने । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत द्विपक्षीय बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा सीमा विवादबारे भारतीय समकक्षीसँग छलफल गरेको बताएका थिए । स्थापित संयन्त्र मार्फत सीमा विवाद सुल्झाउन भारतीय प्रधानमन्त्रीलाई आफूले भनेको उनले जनाएका थिए ।

‘हामीबीच धेरै मुद्दाहरु छन् । दुई छिमेकीबीच केही जटिल मुद्दा हुन्छन् । दुई छिमेकी राष्ट्र संवाद गरी आपसी समस्या समाधान गर्नुपर्छ । हामीले बंगलादेशसँग सीमा समस्या समाधान गरेका छौं । नेपाल र भारतबीच पनि संयन्त्र छन् । संवाद र छलफल गरेर समाधान निकाल्न सकिन्छ,’ श्रृंगलाले भने ।

प्रधानमन्त्री देउवाको भ्रमणलाई उनले महत्वपूर्ण बताए । द्विपक्षीय बैठकमा सबै विषयमा बृहत्त छलफल भएको उनले जनाए ।  
Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago