देउवा भ्रमण कांग्रेस सभापतिका रुपमा नभई सरकार प्रमुखको हैसियतमा होइनर??? निहुरियो सिंगो नेपालकै शिर !

काठमाडौं: शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री शेर बहादुर देउवाले देशकै शिर निहुरिने काम गरेको भन्दै चर्को आलोचना शुरु भएको छ ।विज्ञहरुले प्रधानमन्त्री देउवा मन्त्रीहरुको दलबलसहित भारतीय जनता पार्टी मुख्यालय जानुलाई अशोभनीय भनेका छन्।
देउवा नेपाली कांग्रेसका सभापति पनि हुन्। तर उनको यो भ्रमण कांग्रेस सभापतिका रुपमा नभई सरकार प्रमुखको हैसियतमा भइरहेको छ । त्यसैले उनी भाजपा पार्टी कार्यालय जानु कूटनीतिक मर्यादा विपरीत रहेको परराष्ट्र सम्बन्धका जानकारहरु बताउँछन्। परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल डा. निरन्जनमान सिंह बस्नेतले प्रधानमन्त्री देउवाले भाजपा मुख्यालय भ्रमण गर्नु कुटनीतिक मर्यादा विपरीत रहेको बताए।
‘अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्री भारतका पार्टी विशेषको कार्यालयमा पुगेको रेकर्ड छैन। प्रधानमन्त्री देउवा भाजपा मुख्यालय जानुभएको हो भने त्यो कुटनीतिक मर्यादा विपरीत हो। उहाँ पार्टी सभापतिका रुपमा होइन, प्रधानमन्त्रीको हैसियतमा भारत जानुभएको हो’ बस्नेतले भने।

प्रधानमन्त्री कुनै पार्टी विशेषको कार्यालयको भ्रमणमा जाँदा त्यहाँका कांग्रेस आई लगायत पार्टीले आपत्ति जनाउन सक्नेतर्फ पनि उनले संकेत गरे। ‘यो निकै संवेदनशील विषय हो, त्यहाँ जानुअघि सोचविचार गर्नुपर्ने थियो’ मलेसियाका लागि नेपालका पूर्व राजदूतसमेत रहेका बस्नेतले भने।

भ्रमण दलमा परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गा बहादुर सुवेदी, भारत महाशाखा प्रमुख तीर्थ वाग्लेसहितका परराष्ट्र मन्त्रालयका अधिकारी साथमै छन्। तर परराष्ट्र मन्त्रालयले भ्रमणको कार्यतालिका बनाउने क्रममा नै प्रधानमन्त्री देउवाको भाजपा मुख्यालय भ्रमणको कार्यक्रम नराख्न आग्रह गर्न सक्नुपर्ने कुटनीतिज्ञहरु बताउँछन्। प्रधानमन्त्रीको भ्रमणमा कुटनीतिक मर्यादाको ख्याल गर्ने र भेटहरुलाई प्रधानमन्त्रीको मर्यादा अनुकुल भए नभएको हेर्ने काम शिष्टाचार महापालको हो।

‘परराष्ट्रमन्त्री आफैं पनि भाजपा मुख्यालयमा पुगेछन्। अनि परराष्ट्र मन्त्रालयले संस्थागत रुपमा पनि प्रधानमन्त्रीलाई भाजपा मुख्यालय नजान सुझाव समेत दिन नसकेको अवस्था देखिन्छ। कुटनीतिक मर्यादा पालना भए नभएको हेर्न नसके परराष्ट्र संयन्त्रको के काम?’ परराष्ट्रकै अर्का एक पूर्व सचिवले नेपालखबरसँग भने।

नेपालका प्रधानमन्त्री नयाँ दिल्ली जाँदा त्यहाँका सत्तापक्ष र विपक्षी नेताले भेट्नु अस्वाभाविक होइन। विगतमा त्यहाँका सत्तापक्ष र विपक्षी दलका नेता नेपाली दूतावास वा नेपालका प्रधानमन्त्री बसेका होटलमै आएर भेट्ने गर्थे।

भारतका केही सञ्चारमाध्यमहरुले पनि कुनै पनि विदेशी सरकार प्रमुखहरुले भाजपाको मुख्यालय भ्रमण नगरेको भन्दै समाचार प्रकाशित गरेका छन्। जस्तो प्रधानमन्त्री केपी शर्मा ओली सन् २०१५ मा भारतको राजकीय भ्रमणमा जाँदा उनलाई भारतीय नेताहरुले बारखम्बारोडस्थित दूतावासमै आएर भेटेका थिए।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago