देउवा भ्रमण कांग्रेस सभापतिका रुपमा नभई सरकार प्रमुखको हैसियतमा होइनर??? निहुरियो सिंगो नेपालकै शिर !

काठमाडौं: शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री शेर बहादुर देउवाले देशकै शिर निहुरिने काम गरेको भन्दै चर्को आलोचना शुरु भएको छ ।विज्ञहरुले प्रधानमन्त्री देउवा मन्त्रीहरुको दलबलसहित भारतीय जनता पार्टी मुख्यालय जानुलाई अशोभनीय भनेका छन्।
देउवा नेपाली कांग्रेसका सभापति पनि हुन्। तर उनको यो भ्रमण कांग्रेस सभापतिका रुपमा नभई सरकार प्रमुखको हैसियतमा भइरहेको छ । त्यसैले उनी भाजपा पार्टी कार्यालय जानु कूटनीतिक मर्यादा विपरीत रहेको परराष्ट्र सम्बन्धका जानकारहरु बताउँछन्। परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल डा. निरन्जनमान सिंह बस्नेतले प्रधानमन्त्री देउवाले भाजपा मुख्यालय भ्रमण गर्नु कुटनीतिक मर्यादा विपरीत रहेको बताए।
‘अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्री भारतका पार्टी विशेषको कार्यालयमा पुगेको रेकर्ड छैन। प्रधानमन्त्री देउवा भाजपा मुख्यालय जानुभएको हो भने त्यो कुटनीतिक मर्यादा विपरीत हो। उहाँ पार्टी सभापतिका रुपमा होइन, प्रधानमन्त्रीको हैसियतमा भारत जानुभएको हो’ बस्नेतले भने।

प्रधानमन्त्री कुनै पार्टी विशेषको कार्यालयको भ्रमणमा जाँदा त्यहाँका कांग्रेस आई लगायत पार्टीले आपत्ति जनाउन सक्नेतर्फ पनि उनले संकेत गरे। ‘यो निकै संवेदनशील विषय हो, त्यहाँ जानुअघि सोचविचार गर्नुपर्ने थियो’ मलेसियाका लागि नेपालका पूर्व राजदूतसमेत रहेका बस्नेतले भने।

भ्रमण दलमा परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गा बहादुर सुवेदी, भारत महाशाखा प्रमुख तीर्थ वाग्लेसहितका परराष्ट्र मन्त्रालयका अधिकारी साथमै छन्। तर परराष्ट्र मन्त्रालयले भ्रमणको कार्यतालिका बनाउने क्रममा नै प्रधानमन्त्री देउवाको भाजपा मुख्यालय भ्रमणको कार्यक्रम नराख्न आग्रह गर्न सक्नुपर्ने कुटनीतिज्ञहरु बताउँछन्। प्रधानमन्त्रीको भ्रमणमा कुटनीतिक मर्यादाको ख्याल गर्ने र भेटहरुलाई प्रधानमन्त्रीको मर्यादा अनुकुल भए नभएको हेर्ने काम शिष्टाचार महापालको हो।

‘परराष्ट्रमन्त्री आफैं पनि भाजपा मुख्यालयमा पुगेछन्। अनि परराष्ट्र मन्त्रालयले संस्थागत रुपमा पनि प्रधानमन्त्रीलाई भाजपा मुख्यालय नजान सुझाव समेत दिन नसकेको अवस्था देखिन्छ। कुटनीतिक मर्यादा पालना भए नभएको हेर्न नसके परराष्ट्र संयन्त्रको के काम?’ परराष्ट्रकै अर्का एक पूर्व सचिवले नेपालखबरसँग भने।

नेपालका प्रधानमन्त्री नयाँ दिल्ली जाँदा त्यहाँका सत्तापक्ष र विपक्षी नेताले भेट्नु अस्वाभाविक होइन। विगतमा त्यहाँका सत्तापक्ष र विपक्षी दलका नेता नेपाली दूतावास वा नेपालका प्रधानमन्त्री बसेका होटलमै आएर भेट्ने गर्थे।

भारतका केही सञ्चारमाध्यमहरुले पनि कुनै पनि विदेशी सरकार प्रमुखहरुले भाजपाको मुख्यालय भ्रमण नगरेको भन्दै समाचार प्रकाशित गरेका छन्। जस्तो प्रधानमन्त्री केपी शर्मा ओली सन् २०१५ मा भारतको राजकीय भ्रमणमा जाँदा उनलाई भारतीय नेताहरुले बारखम्बारोडस्थित दूतावासमै आएर भेटेका थिए।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago