मोदीले पञ्चेश्वर परियोजना यो क्षेत्रको विकासमा गेम चेन्जर बन्ने बताए

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पञ्चेश्वर परियोजनालाई तीव्र रूपमा अघि बढाउने विषयमा छलफल भएको छ।
तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबी शनिबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका अरू विविध विषयमा पनि छलफल भएको थियो।
प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुबै प्रधानमन्त्रीले संक्युत रूपमा प्रेसलाई सम्बोधन गरेका थिए।
उक्त सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत जस्तो सम्बन्ध विश्वमा अरू कुनै मुलुकमा देख्न नपाइने बताएका थिए।
प्राचीनकालदेखि दुई देश एक-अर्काका सुख दु:खका साथी रहेको मोदीको भनाइ छ।
उनले भने, ‘देउवाजी र मेराबीच यी सब र थुप्रै महत्वपूर्ण विषयमा सार्थक वार्ता भएको छ। विभिन्न परियोजनाको प्रगतिको समीक्षा गरेका छौं। भविष्यको सम्बन्धको रूपरेखाबारे पनि विचारविमर्श गरेका छौं।’

मोदीले दुबै प्रधानमन्त्री ऊर्जा क्षेत्रमा सहयोगको अवसरको पूरा लाभ उठाउनु पर्छ भन्नेमा सहमत भएको र जोइन्ट भिजन स्टेटमेन्ट अन पावर कोअपरेसन भविष्यमा सहयोगको ब्लुप्रिन्ट बन्ने बताए।
मोदीले पञ्चेश्वर परियोजना यो क्षेत्रको विकासमा गेम चेन्जर बन्ने बताए।
‘पञ्चेश्वर परियोजनामा हामीले तीव्र गतिमा अघि बढ्ने प्रक्रियामा जोड दिएका छौं। यो परियोजना यो क्षेत्रको विकासको लागि गेम चेन्जर बन्नेछ,’ मोदीले भने।
उनले भारतका अरू कम्पनीबाट नेपालको जलविद्युतमा अरू साझेदारी गर्नेमा समझदारी भएको बताए।
‘यो खुसीको विषय हो कि नेपाल आफ्नो बढी भएको बिजुली भारतलाई निर्यात गरिरहेको छ। बिजुली आयात गर्ने अरू प्रस्ताव पनि स्वीकृत हुन गइरहेका छन्,’ मोदीले भने।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भारतले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपाललाई नयाँ हवाई रूट दिने विषयमा पनि छलफल गरेको बताए।
‘हामीले सीमासम्बन्धी विषयमा पनि कुरा गर्‍यौं र मैले प्रधानमन्त्री मोदीलाई स्थापित संयन्त्रमार्फत् सीमा समस्या समाधान गर्न आग्रह गरें,’ प्रधानमन्त्री देउवाले भने।
सम्बोधनअघि देउवा र मोदीले जयनगर-जनकपुर रेल, सोलु ट्रान्समिसन लाइन र नेपालमा भारतीय कार्ड ‘रूपे’ सञ्चालनको उद्घाटन गरेका थिए।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago