बिजय खनाल,बुटबल: वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा रुपन्देहीमा सात सय मतदान केन्द्र र दुई सय आठ मतदान स्थल तोकिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका छन् ।

यस अघिको प्रदेश एवं प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा दुई सय आठ मतदान स्थलमा ६ सय दश मतदान केन्द्र थिए । मतदाताको संख्या बढेकोले मतदान केन्द्र थपिएको कार्यालयले जनाएको छ । सरदरमा एक हजार मतदाताको लागि एक मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए।

स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा ६ लाख ३२ हजार तीन सय ६० मतदाता छन् । २०७४ सालको चुनावमा यहाँ पाँच लाख ३७ हजार एक सय २१ मतदाता थिए । साउनयता मात्रै निर्वाचन कार्यालयमा ९९ हजार एक सय ४४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका थिए ।

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत तोकिएको छ । रुपन्देहीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश धनसिंह महरालाई आयोगले तोकोको छ । यस्तै १६ वटै स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पनि तोकिएको छ ।

जिल्लामा रहेका ७९ राजनीतिक दलमध्ये ६ ठूला दलले स्वत चुनाव चिन्ह पाइसकेको छन् । स्थानीय निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालयका कम्पयुटर अपरेटर (शाखा प्रमुख) विनोद भट्टराईले जानकारी दिए ।

कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३२ दलले दल दर्ता गराएका छन् ।

कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाउनेमा जनमत पार्टी, मंगोल नेसनल अर्गानाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टी रहेका छन् ।

यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालकालागि नेपाली पार्टी, नेपाली कांग्रेस (बिपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । योसँगै रुपन्देहीमा ३८ दलले दल चुनावी प्रतिस्पर्धा गर्न पाउने छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय रहेको निर्वाचन कार्यालय प्रमुख अयोधाप्रसाद भण्डारीले बताए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago