बिजय खनाल,बुटबल: वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा रुपन्देहीमा सात सय मतदान केन्द्र र दुई सय आठ मतदान स्थल तोकिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका छन् ।

यस अघिको प्रदेश एवं प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा दुई सय आठ मतदान स्थलमा ६ सय दश मतदान केन्द्र थिए । मतदाताको संख्या बढेकोले मतदान केन्द्र थपिएको कार्यालयले जनाएको छ । सरदरमा एक हजार मतदाताको लागि एक मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए।

स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा ६ लाख ३२ हजार तीन सय ६० मतदाता छन् । २०७४ सालको चुनावमा यहाँ पाँच लाख ३७ हजार एक सय २१ मतदाता थिए । साउनयता मात्रै निर्वाचन कार्यालयमा ९९ हजार एक सय ४४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका थिए ।

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत तोकिएको छ । रुपन्देहीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश धनसिंह महरालाई आयोगले तोकोको छ । यस्तै १६ वटै स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पनि तोकिएको छ ।

जिल्लामा रहेका ७९ राजनीतिक दलमध्ये ६ ठूला दलले स्वत चुनाव चिन्ह पाइसकेको छन् । स्थानीय निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालयका कम्पयुटर अपरेटर (शाखा प्रमुख) विनोद भट्टराईले जानकारी दिए ।

कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३२ दलले दल दर्ता गराएका छन् ।

कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाउनेमा जनमत पार्टी, मंगोल नेसनल अर्गानाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टी रहेका छन् ।

यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालकालागि नेपाली पार्टी, नेपाली कांग्रेस (बिपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । योसँगै रुपन्देहीमा ३८ दलले दल चुनावी प्रतिस्पर्धा गर्न पाउने छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय रहेको निर्वाचन कार्यालय प्रमुख अयोधाप्रसाद भण्डारीले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago