कीर्तिपुरमा दीपेन्द्रको शतकमा नेपालको विशाल स्कोर

काठमाडौँ: दीपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो नेपाली खेलाडी बनेका छन् । उनको अविजित १ सय १० रनमा नेपालले मलेसियालाई त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा शनिबार २ सय २४ रनको लक्ष्य दिएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियाले टस जितेपछि पहिला ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय २३ रन बनाएको हो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो ।

नेपालबाट यसअघि ट्वान्टी २० अन्तर्राष्ट्रियमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाएका थिए । दीपेन्द्रले अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । उनले ५७ बलको इनिङ्समा १० चौका र ६ छक्का प्रहार गरे ।

दीपेन्द्र र रोहित पौडेलले तेस्रो विकेटमा ९६ रनको साझेदारी गरे । रोहित ३४ बलमा ५१ रन बनाई आउट भए । उनले ५ चौका प्रहार गरे । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धशतक हो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रनमा आउट भएका थिए । रोहित आउट भएपछि आएका आरिफ शेखले २ रनमात्र बनाउन सके । इनिङ्सको अन्तिम बलमा रनआउट भएका मोहम्मद आदिल अलामले ९ बलमा १४ रन बनाए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago