कीर्तिपुरमा दीपेन्द्रको शतकमा नेपालको विशाल स्कोर

काठमाडौँ: दीपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो नेपाली खेलाडी बनेका छन् । उनको अविजित १ सय १० रनमा नेपालले मलेसियालाई त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा शनिबार २ सय २४ रनको लक्ष्य दिएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियाले टस जितेपछि पहिला ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय २३ रन बनाएको हो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो ।

नेपालबाट यसअघि ट्वान्टी २० अन्तर्राष्ट्रियमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाएका थिए । दीपेन्द्रले अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । उनले ५७ बलको इनिङ्समा १० चौका र ६ छक्का प्रहार गरे ।

दीपेन्द्र र रोहित पौडेलले तेस्रो विकेटमा ९६ रनको साझेदारी गरे । रोहित ३४ बलमा ५१ रन बनाई आउट भए । उनले ५ चौका प्रहार गरे । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धशतक हो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रनमा आउट भएका थिए । रोहित आउट भएपछि आएका आरिफ शेखले २ रनमात्र बनाउन सके । इनिङ्सको अन्तिम बलमा रनआउट भएका मोहम्मद आदिल अलामले ९ बलमा १४ रन बनाए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago