यस्तो कसैलाई पनि नपरोस् , बुढेसकालमा सहाराविहीन ९६ वर्षीय थापा दम्पती

म्याग्दी: भनिन्छ- ‘८४ वर्ष पार गरेका वृद्धवृद्धा देवतास्वरूप हुन्छन् ।’ सांसारिक मोह, माया, प्रलोभन र प्रपञ्चबाट पर भई भगवान्को स्मरण, ध्यान र आराधनामा लाग्नुपर्ने उमेरका म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापा एक गाँस खानका लागि अरू कसैको आशा गर्दै दाजुभाइको भैँसी बाँध्ने गोठमा बास बसेर मृत्युको प्रतीक्षा गर्न बाध्य हुनुभएको छ ।

समयले ९६ वटा वसन्त पार गरे पनि जीवनमा कहिल्यै वसन्त (सुख)को महसुस गर्न नसक्नुभएका थापाले बिरक्तिएर पटकपटक आत्महत्या गर्ने सोच बनाए पनि श्रीमती खिरकुमारीले नमाने पछि अहिलेसम्म बाँचेको बताउनुभयो । ‘बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ’ थापाले भन्नुभयो, ‘यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौँ भनेर श्रीमतीलाई भने तर, उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।’

बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो अनुहारमा देखिने ९६ वर्षीय थापाको मनभित्र पीडा र दुःखको खहरे नै गड्गडाइरहेको महसुस गर्न सकिन्छ । लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध, दही ल्याएर खाने गरेका थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर सहाराको बन्धन (श्रीमती) आफूभन्दा पहिला छुट्लिन (मृत्युहोला) कि भन्ने चिन्ताले थापा पिरोलिइरहन्छन् ।

सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस (अन्न) । आफ्नै भाइको गोठमा बुढेसकालका दिनहरू बिताइरहनु भएका थापा दम्पतीका सन्तान छैनन् । विवाह भएर गएकी एउटी छोरी पनि मुख नबोल्ने (अपांगता भएकी) छन् । बिरामी हुँदा र साह्रो गाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर थापा र हिराबहादुर थापाले हेर्ने गर्नुहुन्छ । ३८ वर्षअघि २०४० सालमा आफ्नो छोरा मीनबहादुर थापाको युवा अवस्थामै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतन सहेर बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) उकुच बनेर चहराइरह्यो, दुःखी रह्यो, उहाँ भन्नुहुन्छ ।

३८ वर्ष अघिको अवस्था सम्झँदै थापाले भन्नुभयो, ‘घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदिएँ अनि झारेगैरा (तराई) गएँ, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आएँ, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौँ ।’ थापा दम्पत्तिले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको सामाजिक सुरक्षा भत्ताको रकम पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्दछ । ‘अहिलेसम्म बिरामी परेर उपचारका लागि खर्च गर्न परेको छैन, बिरामी पर्ने हो भने यो रकमले के भ्याउथ्यो र’ थापा भन्नुहुन्छ ।

सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका संघसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ता कपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।

श्रीमती खिर कुमारीले पनि ८० वसन्त पार गरिसक्नुभएको छ । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम श्रीमती खिरकुमारीले नै गर्नुहुन्छ । ‘शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ’ खिरकुमारीले भन्नुभयो, ‘बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ । हात खुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ ।’ खिरकुमारीले गहभरि आँसु खसाल्दै भन्नुहुन्छ, ‘निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago