चुनावकै बेला भारत जानुको अर्थ के ?

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न गर्नुभएको छ । स्थानीय तहको निर्वाचनअघि भारत जानु आफैँमा आश्चर्यजनक रहेको उहाँको भनाइ थियो । अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अरू समयमा नगएर चुनावकै बेला भारत जानुको अर्थ आफूले पनि नबुझेको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ ठ्याक्कै चुनाव अगाडि, किन जानुभको नि ? आएपछि सोध्नुपर्ला यति समयसम्म जानुभएन यति नै बेला किन जानुभयो भनेर ।’ ओलीले कांग्रेसप्रति आक्रोश व्यक्त गर्नुभएको थियो । उहाँले कांग्रेस सरकारमा रहँदा कम्युनिष्ट कार्यकर्तामाथि प्रतिबन्ध रहेको भन्दै कांग्रेसको लोकतान्त्रिक मान्यता नै कम्युनिष्टमाथि प्रतिबन्ध भएको टिप्पणी गर्नुभयो । बिकाउ मालसँग कांग्रेसले अहिले सहकार्य गरिरहेको ओलीको आरोप छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका ओलीले माधव नेपाल कम्युनिष्ट नभएर पत्रु तत्व भएको आरोप लगाउनुभयो । ओलीले एमाले सरकारका कामलाई चुनावमा प्रचारप्रसार गर्न निर्देशन दिनुभयो ।

‘कांग्रेसले भारतीय सेना नेपाल भित्र्याएर देशभक्तको टाउको कटाएको थियो’

ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाउनुभएको छ । शुक्रबार अनेरास्ववियुको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्तलगायत शहीदहरूको हत्या गरेको बताउनुभयोे । साथै विद्यार्थी आन्दोलन दबाउन बिपी कोइराला गृहमन्त्री छँदा दमन गरेको र गोली हानेको भन्दै उहाँले कांग्रेसले विदेशी सेनाको प्रयोग गरी देशभक्तहरूको हत्या गरेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो । कांग्रेसले विदेशी सेनालाई बोलाएर देशभक्तको टाउको कटाएको थियो । भन्दा नराम्रो लाग्छ । यो सब नेपाली कांग्रेसले गराएको थियो । तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो ।’ ओलीले भन्नुभयो । यस्तै ओलीले बिपी कोइरालासहितका नेताको भूमिकाको आलोचना गर्दै विद्यार्थी आन्दोलनले जागरण ल्याएको बताउनुभएको थियो । साथै कांग्रेस, माओवादी लगायतका दलहरूको गठबन्धनलाई लक्षित गर्दै कांग्रेस अहिले पनि लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गरेको ओलीको आरोप थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago