युक्रेनमा शान्ति प्रयासमा योगदान गर्न भारत तयार

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् । राजधानी नयाँ दिल्लीमा भएको भेटमा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति प्रयासमा योगदान गर्न भारत तयार रहेको बताए । युक्रेनमाथि रुसी हमलाको विरोध गर्न भारतलाई अन्तर्राष्ट्रिय दबाबबीच प्रधानमन्त्री मोदी र रुसी विदेशमन्त्रीबीच ४० मिनेट भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार लाभरोभले शान्ति वार्तालगायत युक्रेनको अवस्थाबारे मोदीलाई जानकारी गराएका थिए । जबाफमा मोदीले मोदीले हिंसा अन्त्य गर्न विदेशमन्त्री लाभरोभलाई आह्वान गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीले तत्काल हिंसा अन्त्यको लागि आह्वान गरेको र शान्ति प्रयासमा कुनै पनि तरिकाले योगदान गर्न भारतको तयार रहेको बताएका थिए । रुसी सेनाले युक्रेनमा हमलाको आकार घटाउने घोषणा गरिरहेका बेला लाभरोभले मोदीलाई भेटेका हुन् । एजेन्सी

Kamal Panthi

Recent Posts

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago

झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…

56 years ago