युक्रेनमा शान्ति प्रयासमा योगदान गर्न भारत तयार

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् । राजधानी नयाँ दिल्लीमा भएको भेटमा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति प्रयासमा योगदान गर्न भारत तयार रहेको बताए । युक्रेनमाथि रुसी हमलाको विरोध गर्न भारतलाई अन्तर्राष्ट्रिय दबाबबीच प्रधानमन्त्री मोदी र रुसी विदेशमन्त्रीबीच ४० मिनेट भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार लाभरोभले शान्ति वार्तालगायत युक्रेनको अवस्थाबारे मोदीलाई जानकारी गराएका थिए । जबाफमा मोदीले मोदीले हिंसा अन्त्य गर्न विदेशमन्त्री लाभरोभलाई आह्वान गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीले तत्काल हिंसा अन्त्यको लागि आह्वान गरेको र शान्ति प्रयासमा कुनै पनि तरिकाले योगदान गर्न भारतको तयार रहेको बताएका थिए । रुसी सेनाले युक्रेनमा हमलाको आकार घटाउने घोषणा गरिरहेका बेला लाभरोभले मोदीलाई भेटेका हुन् । एजेन्सी

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago