घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान

पोखरा: ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान अन्र्तगत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् । प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२ जना प्रदेश सदस्यलाई निर्वाचन क्षेत्रमा खटाइएको थियो ।

खटिएका सबै प्रतिनिधि सम्बन्धित प्रदेशसभामा गएर कार्यकर्ता र जनतासँग प्रत्यक्ष भेटेर त्यहाँको वस्तुस्थिति बुझेर आएको पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो । प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेको बताउँदै उनले सो प्रतिवेदन आसन्न निर्वाचनमा उम्मेदवारी छनौटका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

स्याङजा को प्रदेश २ (ख)का प्रतिनिधि शकुन्तला शर्माले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा पार्टीको उत्साह थपिएको बताउनुभयो । प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्रीद्वय किरणवावु श्रेष्ठ र विष्णु लामिछानेले पार्टीका नेता कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको बताए । प्रदेश समितिले खटाइएका प्रतिनिधि गत चैत ५ देखि परिचालन भएका थिए । रासस

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago