तामाङले सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि जिते

काठमाडौँ: सुवास तामाङले सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै एमेच्योर सुवासले पहिलोपल्ट सूर्य नेपाल वेस्टर्न ओपन जितेका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवासले पोखराको हिमालयन गल्फ कोर्समा करिअरको दोस्रो टुर इभेन्ट जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर बनाए । यसअघि उनले सन् २०१९ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । सुवासले एमेच्योर र समग्रमा टुरसहित दुई उपाधि उचाले ।

दोस्रो भएका जयरामले तेस्रो दिन ४ ओभर ७२ स्कोरसहित समग्रमा ४ ओभर २ सय ८ स्कोर बनाए । समग्रमा दोस्रो भएका उनले व्यावसायिक खेलाडीतर्फ भने पहिलो हुँदै १ लाख ३५ हजार रुपैयाँ हासिल गरे । समग्रमा तेस्रो स्थान हासिल गर्नेक्रममा धनबहादुर थापा, नीरज तामाङ र रामे मगरले ७ ओभर २ सय ११ स्कोरसहित जनही ६८ हजार ८ सय ३३ रुपैयाँ पाए ।

स्थानीय एमेच्योर अजित बिक समग्रमा छैटौं तथा एमेच्योरमा दोस्रो भए । उनले तेस्रो दिन ३ ओभर ७१ सहित ९ ओभर २ सय १३ स्कोर जोडे । सातौं स्थानका सन्जय लामाले १० ओभर २ सय १४ स्कोर जोड्दै ४५ हजार पाए । आठौं भएका भुवन नगरकोटी (२१५) ले ४० हजार, नवौं स्थानका दिनेश प्रजापति (२१९) ले ३६ हजार प्राप्त गर्दा एमेच्योर सुरेश तामाङ (२२१) दसौं भए । कुल ७ लाख ७५ हजार रुपैयाँ रहँदा शीर्ष २१ व्यावसायिक गल्फरले नगद पुरस्कार पाए ।

सुवासले उपाधि जित्ने क्रममा फ्रन्टनाइनमा २ ओभर ३५ तथा ब्याकनाइनमा १ अन्डर ३४ को प्रदर्शन गरे । पहिलो दिन २ अन्डर ६६ जोडेका उनले पछिल्ला दुवै दिन १ ओभर ६९ स्कोर बनाए । फ्रन्टनाइनको पहिलो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले नवौं होलमा बर्डी लेखाए । ब्याकनाइनमा १४ औं र १८ औं होलमा बर्डी खेलेका उनले १६ औं मा भने बोगी खेपेका थिए ।

जयरामले फ्रन्टनाइनमा ३ ओभर ३६ स्कोर जोडेपछि उपाधिबाट टाढा हुनुपरेको थियो । दोस्रो, तेस्रो र छैटौं होलमा बोगी तथा सातौंमा डबल बोगी खेपेका उनले पाँचांै र आठौंमा बर्डी लेखाए । ब्याकनाइनमा उनले १ ओभर ३६ स्कोर जोडे ।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता तीन दिन चलेको थियो । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता थियो । इभेन्टको अन्तिम दिन शनिबार प्रोएम इभेन्ट हुनेछ ।

Kamal Panthi

Recent Posts

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago

झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…

56 years ago