पेट्रोलियम व्यवसायीलाई आन्दोलन फिर्ता लिन आग्रह

काठमाडौँ: नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगन गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका व्यवसायीहरुले शुक्रबार डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेपछि निगमले विज्ञप्ति जारी गरेर आन्दोलन फिर्ता लिन अनुरोध गरेको हो ।

राष्ट्रिय पेट्रोलियम व्यवसायी सस्थागत समन्वय समितिको माग पत्र सम्बन्धमा आवश्यक अध्ययन गरी उपयुक्त निर्णय लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवको संयोजकत्वमा एक कमिटी गठन भई कार्य भइरहेको छ । निगमका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीहरु निगम र आइओसी आपूर्ति सम्झैता नवीकरण गर्ने सिलसिलामा भारतमा रहेको हुँदा उहाँहरु फर्केपछि मागको सन्दर्भमा आवश्यक निर्णय लिनेछौं,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इन्धनको सरल र सहजरुपले व्यवस्था मिलाउन आन्दोलन फिर्ता लिन अनुरोध गर्दछौं ।’ त्यस्तै, निगमले शनिबार पनि डिपोहरु खुला राख्ने जनाएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago