काठमाडौँ: नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगन गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका व्यवसायीहरुले शुक्रबार डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेपछि निगमले विज्ञप्ति जारी गरेर आन्दोलन फिर्ता लिन अनुरोध गरेको हो ।
राष्ट्रिय पेट्रोलियम व्यवसायी सस्थागत समन्वय समितिको माग पत्र सम्बन्धमा आवश्यक अध्ययन गरी उपयुक्त निर्णय लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवको संयोजकत्वमा एक कमिटी गठन भई कार्य भइरहेको छ । निगमका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीहरु निगम र आइओसी आपूर्ति सम्झैता नवीकरण गर्ने सिलसिलामा भारतमा रहेको हुँदा उहाँहरु फर्केपछि मागको सन्दर्भमा आवश्यक निर्णय लिनेछौं,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इन्धनको सरल र सहजरुपले व्यवस्था मिलाउन आन्दोलन फिर्ता लिन अनुरोध गर्दछौं ।’ त्यस्तै, निगमले शनिबार पनि डिपोहरु खुला राख्ने जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…