बोनस शेयर सूचिकृत हुँदा पनि पोर्टफोलियो बढेन

काठमाडौ: बोनस शेयर आशामा शेयर खरिद गर्नेहरु खातामा बोनस शेयर सूचिकृत हुँदा पनि नोक्सानमा देखिएका छन् । यसरी बोनस शेयर खातामा आउदा पनि पोर्टफोलियो बढ्न नसक्दा लगानीकर्ताहरु अहिले तनावमा छन् ।

नेपालको शेयर बजारमा बोनस शेयर र हकप्रद शेयरको घोषणाले शेयर मूल्य बढ्ने गरेको छ । गत भदौ २ गते नेप्से सूचक सर्वाधिक उचाइमा पुगेर घट्ने क्रममा अधिकाम्स लगानीकर्ता नोक्सानमा छन् । अझ दशै तिहार पछि बैंक वित्तीय संस्था तथा सूचिकृत कम्पनीहरुले दिएको बोनस शेयर खातामा आउदा पनि पोर्टफेलियो बढ्न सकेको छैन ।

भदौ भन्दा अगाडी शेयर खरिद गरेकाहरु मध्ये कुनै पनि लगानीकर्ताको पोर्टफेलियो नाफामा छैन । साथै दशै तिहार पछि लाभांश घोषणा गरेका कम्पनीको बुक क्लोज अगाडी शेयर खरिद गर्नेहरुको खातामा बोनस शेयर सूचिकृत हुँदा पनि नाफामा नदेखिदा लगानीकर्ता आत्तीएका छन् ।

प्रभु बैंकको १२ प्रतिशत बोनस शेयर दोस्रो बजारमा सूचिकृत भइसकेको छ । उक्त बोनस शेयरको बुक क्लोज पछि मूल्य समायोजन हुँदा शेयर मूल्य २८८ रुपैयाँमा भयो । हाल बैंकको शेयर मूल्य २९९ रुपैयाँ छ । यदि बुक क्लोज अगाडी प्रभु बैंकको शेयर ३३० रुपैयाँ हाराहारीमा खरिद गरिएको थियो भने मात्रै अहिले बिक्री गर्दा फाइदा हुन्छ । तर ३३० रुपैयाँ भन्दा माथिल्लो मूल्यमा खरिद गरिएको छ भने बोनस शेयर खातामा आउदा पनि लगानीकर्ताहरु घाटामा छन् । प्रभु बैंकको शेयर मूल्य एक वर्षको अवधिमा ५१९ रुपैयाँसम्म पुगेको थियो । शेयर बजार अधिकतम बिन्दुमा पुगेको समयमा खरिद गरेर बिक्री गरिएको थिएन भने अहिले चरम घाटा छ ।

त्यस्तै ग्लोबल आइएमई बैंकले १० प्रतिशत बोनस शेयर घोषणा पछि मूल्य समायोजन हुँदा शेयर मूल्य ३१६ रुपैयाँ थियो । अहिले ३१९ रुपैयाँ छ । यदि ग्लोबल आइएमई बैंकको शेयर बुक क्लोज अगाडी ३६५ रुपैयाँ खरिद गरिएको थियो भने मात्रै बोनस शेयर हातमा पर्दा थोरै फाइदा हुन्छ । ३६५ रुपैयाँ भन्दा माथिल्लो मूल्यमा शेयर खरिद गर्नेहरु अहिले चरम नोक्सानमा छन् ।

नेपाल बैंकको १४ प्रतिशत बोनस शेयर घोषणा पछि मूल्य समायोजन भएर ३६८ रुपैयाँ कायम भएको थियो । अहिले बैंकको बोनस शेयर ३३३ रुपैयाँ छ । यो भन्नुको मतलब नेपाल बैंकको शेयरधनी खातामा बोनस शेयर आउदा पनि चरम नोक्सानमा छन् ।

कृषि विकास बैंकको बोनस शेयर सूचिकृत भइसकेको छ तर पोर्टफोलियो भने नोक्सानमै छ । बैंकको बोनस शेयर घोषणा पछि बुक हुँदा शेयर मूल्य ४११ रुपैयाँ थियो तर अहिले ३९० रुपैयाँ छ ।

बुटवल पावरको १० प्रतिशत बोनस शेयर खातामा आउदा पनि नोक्सानमै छ । बुटवल पावरले बोनस शेयर घोषणा पछि बुक गर्दा मूल्य समायोजन भएर ४३२ रुपैयाँ कायम भएको थियो । अहिले कम्पनीको शेयर मूल्य ४२५ रुपैयाँ छ । शेयरधनीहरुलाई अहिले नाफा हुन कम्तिमा पनि ४३२ रुपैयाँ हुनु पर्छ ।

पछिल्लो समय सूचिकृत कम्पनीहरुको बोनस शेयर सूचिकृत हुने क्रम बढ्दो छ । तर बुक क्लोज पछि शेयर सप्लाइ बढ्ने हुँदा अझै मूल्यमा सुधार हुने संकेत देखिदैन । लगानीकर्ताहरुले बोनस शेयर र हकप्रद शेयर दिने हल्लाका पछाडी जति हौसिएर शेयर खरिद गर्छन् त्यो शेयर सूचिकृत भए पछि घटेको मूल्यमा शेयर बिक्री गर्नु पर्दा झन् निरास हुनु पर्ने अवस्था छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago