बोनस शेयर सूचिकृत हुँदा पनि पोर्टफोलियो बढेन

काठमाडौ: बोनस शेयर आशामा शेयर खरिद गर्नेहरु खातामा बोनस शेयर सूचिकृत हुँदा पनि नोक्सानमा देखिएका छन् । यसरी बोनस शेयर खातामा आउदा पनि पोर्टफोलियो बढ्न नसक्दा लगानीकर्ताहरु अहिले तनावमा छन् ।

नेपालको शेयर बजारमा बोनस शेयर र हकप्रद शेयरको घोषणाले शेयर मूल्य बढ्ने गरेको छ । गत भदौ २ गते नेप्से सूचक सर्वाधिक उचाइमा पुगेर घट्ने क्रममा अधिकाम्स लगानीकर्ता नोक्सानमा छन् । अझ दशै तिहार पछि बैंक वित्तीय संस्था तथा सूचिकृत कम्पनीहरुले दिएको बोनस शेयर खातामा आउदा पनि पोर्टफेलियो बढ्न सकेको छैन ।

भदौ भन्दा अगाडी शेयर खरिद गरेकाहरु मध्ये कुनै पनि लगानीकर्ताको पोर्टफेलियो नाफामा छैन । साथै दशै तिहार पछि लाभांश घोषणा गरेका कम्पनीको बुक क्लोज अगाडी शेयर खरिद गर्नेहरुको खातामा बोनस शेयर सूचिकृत हुँदा पनि नाफामा नदेखिदा लगानीकर्ता आत्तीएका छन् ।

प्रभु बैंकको १२ प्रतिशत बोनस शेयर दोस्रो बजारमा सूचिकृत भइसकेको छ । उक्त बोनस शेयरको बुक क्लोज पछि मूल्य समायोजन हुँदा शेयर मूल्य २८८ रुपैयाँमा भयो । हाल बैंकको शेयर मूल्य २९९ रुपैयाँ छ । यदि बुक क्लोज अगाडी प्रभु बैंकको शेयर ३३० रुपैयाँ हाराहारीमा खरिद गरिएको थियो भने मात्रै अहिले बिक्री गर्दा फाइदा हुन्छ । तर ३३० रुपैयाँ भन्दा माथिल्लो मूल्यमा खरिद गरिएको छ भने बोनस शेयर खातामा आउदा पनि लगानीकर्ताहरु घाटामा छन् । प्रभु बैंकको शेयर मूल्य एक वर्षको अवधिमा ५१९ रुपैयाँसम्म पुगेको थियो । शेयर बजार अधिकतम बिन्दुमा पुगेको समयमा खरिद गरेर बिक्री गरिएको थिएन भने अहिले चरम घाटा छ ।

त्यस्तै ग्लोबल आइएमई बैंकले १० प्रतिशत बोनस शेयर घोषणा पछि मूल्य समायोजन हुँदा शेयर मूल्य ३१६ रुपैयाँ थियो । अहिले ३१९ रुपैयाँ छ । यदि ग्लोबल आइएमई बैंकको शेयर बुक क्लोज अगाडी ३६५ रुपैयाँ खरिद गरिएको थियो भने मात्रै बोनस शेयर हातमा पर्दा थोरै फाइदा हुन्छ । ३६५ रुपैयाँ भन्दा माथिल्लो मूल्यमा शेयर खरिद गर्नेहरु अहिले चरम नोक्सानमा छन् ।

नेपाल बैंकको १४ प्रतिशत बोनस शेयर घोषणा पछि मूल्य समायोजन भएर ३६८ रुपैयाँ कायम भएको थियो । अहिले बैंकको बोनस शेयर ३३३ रुपैयाँ छ । यो भन्नुको मतलब नेपाल बैंकको शेयरधनी खातामा बोनस शेयर आउदा पनि चरम नोक्सानमा छन् ।

कृषि विकास बैंकको बोनस शेयर सूचिकृत भइसकेको छ तर पोर्टफोलियो भने नोक्सानमै छ । बैंकको बोनस शेयर घोषणा पछि बुक हुँदा शेयर मूल्य ४११ रुपैयाँ थियो तर अहिले ३९० रुपैयाँ छ ।

बुटवल पावरको १० प्रतिशत बोनस शेयर खातामा आउदा पनि नोक्सानमै छ । बुटवल पावरले बोनस शेयर घोषणा पछि बुक गर्दा मूल्य समायोजन भएर ४३२ रुपैयाँ कायम भएको थियो । अहिले कम्पनीको शेयर मूल्य ४२५ रुपैयाँ छ । शेयरधनीहरुलाई अहिले नाफा हुन कम्तिमा पनि ४३२ रुपैयाँ हुनु पर्छ ।

पछिल्लो समय सूचिकृत कम्पनीहरुको बोनस शेयर सूचिकृत हुने क्रम बढ्दो छ । तर बुक क्लोज पछि शेयर सप्लाइ बढ्ने हुँदा अझै मूल्यमा सुधार हुने संकेत देखिदैन । लगानीकर्ताहरुले बोनस शेयर र हकप्रद शेयर दिने हल्लाका पछाडी जति हौसिएर शेयर खरिद गर्छन् त्यो शेयर सूचिकृत भए पछि घटेको मूल्यमा शेयर बिक्री गर्नु पर्दा झन् निरास हुनु पर्ने अवस्था छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago