सरकार नछाड्नेका लागि मात्रै एमसिसी व्याख्यात्मक टिप्पणी -रिजाल

मोरङ: कांग्रेस नेता मीनेन्द्र रिजालले एमसीसीको व्याख्यात्मक टिप्पणीले कम्युनिस्ट नेतालाई सरकारमा बसिरहने बाटो मात्रै खोलिएको बताए । विराटनगरमा बुधबार पत्रकारसँगको कुराकानीमा उनले सरकार नछाड्नेका लागि मात्रै व्याख्यात्मक टिप्पणी उपलब्धि भएको बताएका हुन् ।

व्याख्यात्मक टिप्पणीले सरकार बदल्न चाहेका एमाले अध्यक्ष केपी ओलीको केही नलागेको रिजालको भनाइ थियो ।
‘दुई तिहाइको सरकारको नेतृत्व गरेका केपी ओलीले एमसीसी पास गराउन सक्नुभएन र आज संसद्को ५ अंशको एक अंश संसद्मा उपस्थिति भएका कांग्रेसका नेताले पास गरेर देखायो,’ उनले भने, ‘जुन परिपक्वता र दक्षता देखाएर एमसीसीलाई अनुमोदन गरियो त्यसले प्रधानमन्त्री शेरबहादुर देउवाबाट केही सिक्नुभयो भने ओली र देश दुवैका लागि राम्रो हुन्छ ।’ व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौता गिजोल्ने कम्युनिस्ट नेताहरुको इज्जत जोगाउने काम मात्रै भएको रिजालको भनाइ थियो । उनले यो विषयमा एमसीसी र नियोगका मानिससँग पहिले नै कुरा भएको बताए ।

उनले एमसीसी सम्झौतामा नलेखेका कुरा केही पनि व्याख्यात्मक टिप्पणीमा नलेखिएको बताएका हुन् । ‘व्याख्यात्मक टिप्पणीले एमसीसीलाई परिमार्जन पनि गर्दैन र अमेरिकाले यसलाई हेरेर मान्छु वा मान्दैनौं भनेर भन्नु पनि पर्दैन,’ उनले भने, ‘कम्युनिस्ट राजनीतिबाट यहाँसम्म आइपुगेका नेतालाई र यतिका दिनसम्म जसरी एमसीसीलाई गिजोलियो त्यसमा केही नभनी वहाँहरुको सम्मान पनि जोगाइदिनुपर्ने भएकाले मात्रै व्याख्यात्मक टिप्पणी आएको हो ।’

लामो समयको राजनीति गरेका प्रधानमन्त्री देउवाले एउटा लचकता प्रदर्शन गरेर कम्युनिस्ट नेताहरुको इज्जत जोगाइदिन र एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाउन मात्रै व्याख्यात्मक टिप्पणी आएको रिजालको भनाइ थियो । अहिलेको सत्तारूढ गठबन्धन निर्वाचनसम्मका लागि नभएको उनले प्रस्ट पारे । उनले गठबन्धनको उपादेयता सकिएको दिन भंग हुने सुनाए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago