सरकार नछाड्नेका लागि मात्रै एमसिसी व्याख्यात्मक टिप्पणी -रिजाल

मोरङ: कांग्रेस नेता मीनेन्द्र रिजालले एमसीसीको व्याख्यात्मक टिप्पणीले कम्युनिस्ट नेतालाई सरकारमा बसिरहने बाटो मात्रै खोलिएको बताए । विराटनगरमा बुधबार पत्रकारसँगको कुराकानीमा उनले सरकार नछाड्नेका लागि मात्रै व्याख्यात्मक टिप्पणी उपलब्धि भएको बताएका हुन् ।

व्याख्यात्मक टिप्पणीले सरकार बदल्न चाहेका एमाले अध्यक्ष केपी ओलीको केही नलागेको रिजालको भनाइ थियो ।
‘दुई तिहाइको सरकारको नेतृत्व गरेका केपी ओलीले एमसीसी पास गराउन सक्नुभएन र आज संसद्को ५ अंशको एक अंश संसद्मा उपस्थिति भएका कांग्रेसका नेताले पास गरेर देखायो,’ उनले भने, ‘जुन परिपक्वता र दक्षता देखाएर एमसीसीलाई अनुमोदन गरियो त्यसले प्रधानमन्त्री शेरबहादुर देउवाबाट केही सिक्नुभयो भने ओली र देश दुवैका लागि राम्रो हुन्छ ।’ व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौता गिजोल्ने कम्युनिस्ट नेताहरुको इज्जत जोगाउने काम मात्रै भएको रिजालको भनाइ थियो । उनले यो विषयमा एमसीसी र नियोगका मानिससँग पहिले नै कुरा भएको बताए ।

उनले एमसीसी सम्झौतामा नलेखेका कुरा केही पनि व्याख्यात्मक टिप्पणीमा नलेखिएको बताएका हुन् । ‘व्याख्यात्मक टिप्पणीले एमसीसीलाई परिमार्जन पनि गर्दैन र अमेरिकाले यसलाई हेरेर मान्छु वा मान्दैनौं भनेर भन्नु पनि पर्दैन,’ उनले भने, ‘कम्युनिस्ट राजनीतिबाट यहाँसम्म आइपुगेका नेतालाई र यतिका दिनसम्म जसरी एमसीसीलाई गिजोलियो त्यसमा केही नभनी वहाँहरुको सम्मान पनि जोगाइदिनुपर्ने भएकाले मात्रै व्याख्यात्मक टिप्पणी आएको हो ।’

लामो समयको राजनीति गरेका प्रधानमन्त्री देउवाले एउटा लचकता प्रदर्शन गरेर कम्युनिस्ट नेताहरुको इज्जत जोगाइदिन र एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाउन मात्रै व्याख्यात्मक टिप्पणी आएको रिजालको भनाइ थियो । अहिलेको सत्तारूढ गठबन्धन निर्वाचनसम्मका लागि नभएको उनले प्रस्ट पारे । उनले गठबन्धनको उपादेयता सकिएको दिन भंग हुने सुनाए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago