गुन्द्रुक बेचेरै मनग्य आम्दानी गर्दै पाल्पाका महिलाहरु

पाल्पा: गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन्। गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन्।

तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन्। छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्दु्रक मासिक दुई तीन पटक बजार लगेर बिक्री गर्छिन्।

उनले स्थानीय डुम्रे, जहरेपिपल, तानसेन र प्रभाषलगायतका बजारमा लगेर बेचिएको गुन्द्रुकबाट झण्डै एक पटकमा पाँच/सात हजार आम्दानी गर्दै आएकी छन्। प्रतिकिलो ४ सयमा गुन्द्रुक बिक्री हुन्छ । मेहनत अनुसार मूल्य पाएपछि यहाँका महिला पछिल्ला वर्ष गुन्द्रुक उत्पादन गर्न व्यस्त बनेका हुन । गुन्द्रुक रायो, तोरी, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो ।

यसलाई नेपालको वा नेपालीको विषेश खानाका रुपमा लिइन्छ । नेपाली मौलिक परिकार गुन्द्रुक सागबाट बनाइने तरकारी हो। पहाडी जिल्ला पाल्पामा चिसो बढेसँगै गुन्द्रुकको परिकार खाने चलन छ। सहर तथा ग्रामीण क्षेत्रमा चिसो मौसममा गुन्द्रुकको माग बढदो छ । गुन्द्रुकको माग बढेसँगै यहाँका ग्रामीण क्षेत्रमा यसको उत्पादन गरी आम्दानीको स्रोत बनाउन थालेको पाइन्छ।

छापकै डिलबहादुर रानाले घरको छतमा गुन्दु्रक (सिन्की) सुकाइरहेका छन् । बारीमा उत्पादित मुलालाई उखेलेर राम्रोसँग धोइपखाली गरी दुईतीन दिन घाममा सुकाइन्छ। घाममा सुकेको मुलालाई ढिकीमा कुटेर मसिनो बनाइन्छ। यसरी मसिनो बनाएको मुलाको सागलाई प्लास्टिक वा माटाको भाडामा मलखादमा पुरी बफाउने गरिन्छ।

मलखादबाट निकालेर घाममा सुकाएको सागलाई नै तरकारीको परिकारका रुपमा खाने चलन रहेको उनले बताए। बजारी क्षेत्रका मानिसले सागलाई कुटेर प्लास्टिकका भाडामा घाममा सुकाउने चलनसमेत रहेको बताइन्छ। पहिला ग्रामीण क्षेत्रमा उत्पादित गुन्द्रुक अहिले सहरी क्षेत्रमासमेत यसको माग छ। नेपाली पहिचान बोकेको गुन्दुक उत्पादनमा कमी हुँदा चीनबाटसमेत यसको आर्यात हुँदै आएको छ। –रासस/फाइल तस्वीर

salik khatry

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago