बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २५४६.६० विन्दुमा

काठमाडौं: नेप्सेले निरन्तर पाँचौँ कारोबार दिन पनि गिरावतलाई निरन्तरता दिएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले, यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २५४६.६० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ११.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंक घटेको छ।

यस दिन २२८ स्टकको ५५ हजार २१२ पटकको कारोबारमा ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको ७६ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन २२८ स्टकमध्ये २१२ स्टकको मूल्य घटेको छ भने ६ स्टकको मात्र मूल्य बढेको छ। यस दिन रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक, स्वाभिमान लघुवित्तको शेयरमूल्य, एनआईबिएल प्रगति फण्डको इकाईमूल्य तथा आइसीएफसी फाइनान्सको ऋणपत्र र गुडविल फाइनान्सको ऋणपत्रको मूल्य बढेको हो। कारोबारमा आएको हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ८.२६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दी र ङादी ग्रुपको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम र अरुण भ्याली हाइड्रोपावरको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधकि ३.६५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकीको १ प्रतिशतभन्दा बढी घटेको छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago