नेताहरुलाई सुताउने न्यानो थाङ्नो मात्रै हो व्याख्यात्मक टिप्पणी- खनाल

विराटनगर: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी नेताहरुलाई सुताउने न्यानो थाङ्नोमात्रै भएको टिप्पणी गरेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग बोल्दै नेता खनालले एमसीसी पास हुनु नेपालकै इतिहाँसमा दुखद भएको बताएका छन् ।

उनले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल समेत गर्न नदिई जबरजस्ती प्रस्तुत गरिएको र संसदीय प्रक्रियाहरु समेत मिचेर पारित भएको आरोप लगाए ।

‘एमसीसी संसदले अनुमोदन गर्यो, तर जस्तो प्रक्रियामा भयो त्यो नेपालको इतिहासमै दुखद कुरा हो, लज्जाजनक कुरा हो’ खनालले भने, ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नो बाहेक केही पनि होइन, नेपालका नेताहरु आनन्दपूर्वक सुतुन भनेर बनाइएको न्यानो थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नु भएको छ, त्यो भन्दा बढ्दा केही पनि छैन ।’

एसमसीसी अनुमोदन भएपनि अब मुलुकभित्र त्यसले नयाँ परिणामहरु समस्याका रुपमा जन्माउँदै जाने दाबी गरे । नेता खनालले समाज, राजनीतिक पार्टी, संसद सबै विभाजित भएकोले एमसीसीका कारण नेपालको भाग्य भविष्यमाथि दुरगामी असर पर्ने बताए । उनले उक्त व्याख्यात्मक टिप्पणीको कुनैपनि कानुनी आधार नरहेको बताए ।

‘न वातावरण बन्यो, न सांसदहरुले छलफल गर्न पाए, सांसदहरु हेरेको हेरेकै भए, जबरजस्त माथिबाट प्रस्तुत गरियो, त्यो पनि प्रक्रिया नमिलाइकन प्रस्तुत गरियो, अनि पास भयो’ उनले भने, ‘हामीले त मान्ने कुरै छैन, सुरुदेखि भनिरहेका छौं, अनेकन राष्ट्रघाती कुराहरु छन्, एउटा सिन्को जति पनि सम्झौता सच्चिएको छैन ।’

उनलाई आफ्नै पार्टीले एमसीसी पारित गर्न समर्थन गरेको बिषय प्रश्न गर्दा पार्टीभित्र विरोध पनि भइरहेको बताए । साथै सदनभित्र प्रक्रिया समेत नपु¥याई एमसीसीलाई अघि बढाइएको नेता खनालले बताए ।

‘२०४८ सालदेखि संसद भोगेर आएका छौं, संसदको अनुभवहरु छन्, एउटा सदनभित्र प्रस्तुत भएको प्रस्ताव अधिवेशनभरी नै छलफल भएन भने त्यो सिधिन्छ, अर्को अधिवेशन भएपछि फेरी प्रस्तुत गर्नुपर्ने हुन्छ’ उनले केपी ओलीको पालामा संसदमा टेबुल गरेको कथामात्रै सुनाएर संसदमा टेबुल गरिएको भन्दै त्यसको प्रक्रियाको वैधानिकता माथि नै प्रश्न गरे ।

खनालले एमसीसीसँगै पारित गरिएको व्याख्यात्मक घोषणालाई ‘कथित घोषणा’ भन्दै आलोचना गरे । साथै त्यो घोषणा प्रस्ताव नै भएको खण्डमा पनि संसदमा दुवैलाई अलग अलग रुपमा पास गर्नुपर्ने जिकिर गरे ।

‘घोषणा अलग्गै पारित हुनुपर्ने, एमसीसी अलग्गै पारित हुनुपर्ने तर त्यस्तो पनि भएन, हामी संसदमा गयौं तर एकैचोटी झ्यामझ्याम आयो, झ्यामझ्याम पास भयो’ उनले भने, ‘संसदका विधी विधानभन्दा विपरीत ढंगले पास भयो एमसीसी, कार्यान्वयनमा भयानक चुनौती छ ।’

खनालले एससीसी पास गर्नका लागि गठबन्धन नबनेको बताए । तर एमसीसीको कारणले गठबन्धन टुट्नुपर्छ भन्ने पनि आफ्नो धारणा नरहेको प्रष्ट पारे ।

त्यसो भए पद र सत्ताको लागि एमसीसी पास भएको हो भन्ने संचारकर्मीहरुको प्रश्नमा उनले भने, अब तपाईहरु नै अर्थ लगाउनुहोस्, एमसीसी जसरी पास भएको छ, त्यसलाई अर्थ लगाउने काम अब पत्रकारको ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago