उपत्यकामा जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

काठमाडौँ: प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका–६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago