कल्पना श्रेष्ठ, दाङ: बाँकेमा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएकाे छ । डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकबाट अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएका तीन जनालाई प्रहरीले सार्वजनिक गरेकाे हाे ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय सुशान्त केसी, र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्वारिका उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
मंगलबार राती पक्राउ परेका तीनै जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नेपालगञ्जदेखि राप्तीनदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०२९ नम्बरको कार चेकजाँच गर्नेक्रममा एक थान मेडईन अमेरिका लेखेको अटोमेटिक पेस्तोल, सो पेस्तोलमा लाग्ने नाै थान गोलीसहित घरेलु हातहतियार फेला परेको डिएसपी न्यौपानेले बताए ।
उक्त पेस्तोल दिपेन्द्रले तीन महिनाअघि भारतको लखनउबाट असरफ अलीसँग ५० हजार भारतीय रुपैयाँमा खरिद गरी ल्याएको खुलेको छ । उनीहरुले सो पेस्तोलले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्दा दुई राउण्ड गोली पड्काएको र सोही आधारमा उनीहरू प्रहरी फन्दामा परेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका दिपेन्द्र यसअघि पनि विभिन्न सात वटा आपराधिक घटनामा संलग्न रहेको खुलेको छ । प्रहरीले चालु आर्थक वर्षमा योसहित ४ वटा घटना हात हतियारसहित अभियुक्त पक्राउ गरेको जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…