नेप्से र धितोपत्र सुधारमा अर्थमन्त्रीका सुझाव, इन्साइडर ट्रेडिङ रोक्नेदेखि आजै किनेर आजै बिक्री गर्नेसम्म

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले इनसाइडर ट्रेडिङ गर्न प्रवृति हटाउने विषय सरकारलाई चुनौती रहेकाे बताएका छन्।

विगतमा धितोपत्र बोर्डका अध्यक्षसमेत त्यसमा संलग्न भएपछि सरकारले पदबाट हटाएर सुधार सुरु गरेकाे उनले बताएका छन्। नेप्से र धितोपत्र बाेर्डको तालमेल नहुने गरेकाे पाइएकोले अब नयाँ नेतृत्वलाई समस्या समाधान गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन्।

पुँजी बजारको समस्या समाधान गर्ने र सर्वसाधारण जनताकाे लगानी सुरक्षित गर्ने विषयका साथै पुँजी बजारकाे वर्तमान अवस्थाका बारेमा अर्थ मन्त्रालयमा छलफल गर्दै उनले लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाे बताए।

विदेशमा कसरी सेयर बजार चलिरहेका छन् भन्ने विषयमा सरकारले अध्ययन गरिरहेकाे समेत उनले बताए। ‘लगानीकर्तालाई प्रतिफल दिलाउन के भूमिका खेल्न सक्छाैँ भन्ने विषयका साथै नेपालको पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि सरकारले विभिन्न काम गरिरहेको छ’ उनले भने।

साना र स्टार्टअप कम्पनीहरूलाई पनि पुँजी बजारमा भित्र्याउन सरकारले पहल गर्ने उनले बताएका छन्।

पुँजी बजारमा आईपीओमा आउन नसकेका कम्पनीहरूलाई कसरी परिचालन गर्ने भन्नेसमेत समस्या रहेको र त्यसको समाधानका लागि काम भइरहेको उनले बताए। डिम्याट खाता खाेल्ने नै ५० लाख पुगेकाे बताउँदै अब बजारको क्षमता बढाउनु पर्ने समेत उनले बताए।

आजै किन्ने आजै बिक्रि गर्ने व्यवस्था अब नेपालमा स्थापित गर्न आवश्यक रहेकाे उनले बताए। लिलामीमा पनि अनलाइन सिष्टम लागू गर्नुपर्ने अर्थमन्त्री शर्माले बताए।

अर्थमन्त्री शर्माले पुँजी बजार सुधारका लागि सरकारले सबै किसिमको अवरोध हटाएर निचोड निस्कने काममा लाग्नुपर्ने बताए।

बुक बिल्डिङको विषयलाई पनि व्यवस्थित बनाएर लागू गर्नुपर्नेमा अर्थमन्त्रीले जाेड दिए। बाेक्रर कम्पनीबाट मार्जिन ल्याल्डिङको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

सेयर बजारमा राजनीति नगर्नसमेत उनले आग्रह गरेका छन्। अब बजारमा देखिएका समस्या पहिचान भएकाेले छिटै समाधान हुनेसमेत उनले बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago