गुल्मी जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा पाण्डेय

गुल्मीः गुल्मी जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा पत्रकार महासंघ, गुल्मीका पूर्व उपाध्यक्ष भरत पाण्डेय नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो।

प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नविकरण तथा स्तरोन्नती नियमावली २०७७ अनुसार कम्तिमा स्नातक तह उत्तीर्ण गरी स्वास्थ्य सेवा, अन्यसरकारी सेवा वा सामाजिक सेवाको क्षेत्रमा कम्तिमा १० वर्ष सेवा गरेका व्यक्तिहरु मध्येबाट प्रदेश सरकारले मनोनित गरेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ। नियमावली अनुसार अध्यक्षको कार्यकाल ३ वर्षको रहने व्यवस्था छ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ६ निवासी पाण्डेय २०६० सालदेखि नै गाउँमा असल शासन क्लव स्थापना गरी सुशासन, समाज सुधारसँगै भ्रष्टाचार विरोधी अभियानमा लाग्नुभएको थियो।

त्यसपछि पत्रकारितामा लाग्नुभएका पाण्डेय प्रेस सेन्टर नेपाल (तत्कालिन क्रान्तिकारी पत्रकार संघ) गुल्मीको संस्थापक, नेपाल पत्रकार महासंघ, गुल्मीको सह–सचिव, सचिव, उपाध्यक्ष हुँदै हाल प्रेस सेन्टरको केन्द्रीय सदस्य हुनुहुन्छ।

२०७१ सालदेखि राजधानी काठमाडौंमा रहेर पत्रकारिता गर्नुभएका पाण्डेय त्यहाँ रहँदा विभिन्न संघ संस्थामा काम गर्नुका साथै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्यका साथै तत्कालिन आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रेस संयोजकका रुपमा पनि काम गरीसक्नुभएको छ।

salik khatry

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago