गुल्मी जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा पाण्डेय

गुल्मीः गुल्मी जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा पत्रकार महासंघ, गुल्मीका पूर्व उपाध्यक्ष भरत पाण्डेय नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो।

प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नविकरण तथा स्तरोन्नती नियमावली २०७७ अनुसार कम्तिमा स्नातक तह उत्तीर्ण गरी स्वास्थ्य सेवा, अन्यसरकारी सेवा वा सामाजिक सेवाको क्षेत्रमा कम्तिमा १० वर्ष सेवा गरेका व्यक्तिहरु मध्येबाट प्रदेश सरकारले मनोनित गरेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ। नियमावली अनुसार अध्यक्षको कार्यकाल ३ वर्षको रहने व्यवस्था छ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ६ निवासी पाण्डेय २०६० सालदेखि नै गाउँमा असल शासन क्लव स्थापना गरी सुशासन, समाज सुधारसँगै भ्रष्टाचार विरोधी अभियानमा लाग्नुभएको थियो।

त्यसपछि पत्रकारितामा लाग्नुभएका पाण्डेय प्रेस सेन्टर नेपाल (तत्कालिन क्रान्तिकारी पत्रकार संघ) गुल्मीको संस्थापक, नेपाल पत्रकार महासंघ, गुल्मीको सह–सचिव, सचिव, उपाध्यक्ष हुँदै हाल प्रेस सेन्टरको केन्द्रीय सदस्य हुनुहुन्छ।

२०७१ सालदेखि राजधानी काठमाडौंमा रहेर पत्रकारिता गर्नुभएका पाण्डेय त्यहाँ रहँदा विभिन्न संघ संस्थामा काम गर्नुका साथै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्यका साथै तत्कालिन आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रेस संयोजकका रुपमा पनि काम गरीसक्नुभएको छ।

salik khatry

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago