फेरि भयो पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्याँसको १०० रुपैँया बढ्यो

काठमाडौं: इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य ब’ढेर आएको छ। नेपाल आयल निगमले जनाए अनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृ’द्धि भएको हो।

भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायको भनाई छ

प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घा’टा हुने जनाइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घा’टा हुने उपाध्यायको भनाई छ।

निगमले जनाए अनुसार मू’ल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको छ।

यो पनि हेर्नुहोस: एमसीसी पास गरेपछि माधव नेपालले भनेः अमेरिकी सेना आउँदैन,नेपाली भू’मि क’ब्जा गर्दैन

काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विकास सहायता परियोजना एमसीसी संसदबाट पास गर्दैमा अमेरिकी सेना नआउने जिकिर गरेका छन्।

एमसीसीबारे क’ट्टर वि’रो’धी पार्टी समाजवादीले आइतवार यु टर्न लिँदै संसदमा पक्षमा उभिएको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।

संसदले अनुमोदन गरिसकेपछि अमेरिका र चीनले पनि सकारात्मक भनिसकेका छन् ,उनले भने, हामीले १२ बुँदे व्याख्या गरिसकेका छौँ। यसलाई अमेरिकाले मानिसकेको छ।

नेपालले संविधानमाथि अरु कुनै कुरा हुन नसक्ने पनि बताएका छन्। १२ बुँदे व्याख्याले संविधानको सर्वोच्चतालाई स्वीकार गरेको छ।

उनले भने, ‘एमसीसी अघि बढ्दैमा अमेरिकी सेना आउँदैन, नेपालको भूमि क’ब्जा गर्दैन। हामी अमेरिकी सैन्य रणनीतिको अंग हुन सक्दैनौँ।’

salik khatry

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago