गुल्मी जिल्लाका मृगौला पीडितहरुलाई गुल्मेली समाज जापानको सहयोग

गुल्मी: गुल्मीको विभिन्न स्थानका मृगौला पीडितहरुलाई गुल्मेली समाज जापानले सहयोग गरेको छ। मुसिकोट नगरपालिकाका देवेन्द्र गुरुङ र विष्णु थापा, इस्मा गाउँपालिका कुलबहादुर कुमाल र मधु खत्री तथा चन्द्रकोट गाउँपालिका रेशम पौड्याललाई जनही ५० हजारका दरले दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो।

सञ्चारग्राममा आयोजित कार्यक्रममा गुल्मी मदाने गाउँपालिका घर भई हाल प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, गुल्मेली सहयोगी हातहरू नामक संस्थाका उपाध्यक्ष बिमल घिमिरे, सचिव रमेश काउछा, सदस्य सुशील भट्टराई, निर्वतमान उपाध्यक्ष लक्ष्मण अर्यालसहितको उपस्थितिमा पीडित व्यक्तिका परिवारका सदस्यहरुलाई सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताए।

जिल्लाबाट जापान गई विभिन्न पेसा/व्यवसायमा संलग्न व्यक्तिहरूको संस्था गुल्मेली समाज जापान हो। समाजले लामो समयदेखि जिल्लाको बिपद्, स्वास्थ्य, शिक्षा, गम्भीर प्रकारका रोग लागेका बिरामीहरुलाई सहयोग गर्दै आएको समाजको महिला उपाध्यक्ष एवं सहयोग समितिका संयोजक लक्ष्मी के.सी.महर्जनले बताइन।

आर्थिक, मानसिकसंग शारिरीक पीडाकाबिच प्राप्त सहयोगले बिरामीहरूलाई ठूलो राहात मिलेको बिरामीका आफन्तका तर्फबाट रुद्रलाल पौडेलले समाजलाई धन्यबाद दिए । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित सहयोग गर्ने समाजलाई धन्यवाद दिए।

salik khatry

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago