गुल्मी जिल्लाका मृगौला पीडितहरुलाई गुल्मेली समाज जापानको सहयोग

गुल्मी: गुल्मीको विभिन्न स्थानका मृगौला पीडितहरुलाई गुल्मेली समाज जापानले सहयोग गरेको छ। मुसिकोट नगरपालिकाका देवेन्द्र गुरुङ र विष्णु थापा, इस्मा गाउँपालिका कुलबहादुर कुमाल र मधु खत्री तथा चन्द्रकोट गाउँपालिका रेशम पौड्याललाई जनही ५० हजारका दरले दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो।

सञ्चारग्राममा आयोजित कार्यक्रममा गुल्मी मदाने गाउँपालिका घर भई हाल प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, गुल्मेली सहयोगी हातहरू नामक संस्थाका उपाध्यक्ष बिमल घिमिरे, सचिव रमेश काउछा, सदस्य सुशील भट्टराई, निर्वतमान उपाध्यक्ष लक्ष्मण अर्यालसहितको उपस्थितिमा पीडित व्यक्तिका परिवारका सदस्यहरुलाई सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताए।

जिल्लाबाट जापान गई विभिन्न पेसा/व्यवसायमा संलग्न व्यक्तिहरूको संस्था गुल्मेली समाज जापान हो। समाजले लामो समयदेखि जिल्लाको बिपद्, स्वास्थ्य, शिक्षा, गम्भीर प्रकारका रोग लागेका बिरामीहरुलाई सहयोग गर्दै आएको समाजको महिला उपाध्यक्ष एवं सहयोग समितिका संयोजक लक्ष्मी के.सी.महर्जनले बताइन।

आर्थिक, मानसिकसंग शारिरीक पीडाकाबिच प्राप्त सहयोगले बिरामीहरूलाई ठूलो राहात मिलेको बिरामीका आफन्तका तर्फबाट रुद्रलाल पौडेलले समाजलाई धन्यबाद दिए । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित सहयोग गर्ने समाजलाई धन्यवाद दिए।

salik khatry

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago