Categories: राशिफल

आज १८ फाल्गुण २०७८ बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा जीवन सफलता पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ। नयाँ कामको थालनी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वादिष्ट भोजन पाइनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। वैदेशिक कार्य पनि सहजै हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ जिम्मेवारी पाइएला। घरमा अतिथिको आगमन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला। आत्मघाती काम गर्न पुगिएला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। दैनिक कार्यमा प्रगति हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पुरानो समस्या सुल्झाउन सकिनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक यात्रा हुनेछ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। – ज्यो.प. नारायणप्रसाद दुलाल

salik khatry

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago