Categories: राशिफल

आज १८ फाल्गुण २०७८ बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा जीवन सफलता पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ। नयाँ कामको थालनी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वादिष्ट भोजन पाइनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। वैदेशिक कार्य पनि सहजै हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ जिम्मेवारी पाइएला। घरमा अतिथिको आगमन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला। आत्मघाती काम गर्न पुगिएला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। दैनिक कार्यमा प्रगति हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पुरानो समस्या सुल्झाउन सकिनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक यात्रा हुनेछ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। – ज्यो.प. नारायणप्रसाद दुलाल

salik khatry

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago