मन्दिरमा कामुक यौन उत्तेजना सहितको आसनका चित्र किन ?

काठमाडौंको हनुमान ढोका, पाटन, भक्तपरका विभिन्न ऐतिहासिक मन्दिरहरुमा यौनासनाका कलात्मक मुर्ति पाइन्छन। धेरैलाई आश्चार्य र कौतुहलतामा राखेका यस्ता मुर्तिहरुको विषेशता भने भिन्दै भएको पाइन्छ।
यौन मानव जीवनको अपरिहार्य र सृष्टिनिर्माणको मुलभुत आधार भएपनि हाम्रो समाजले यसलाई गोपनीयता मै राख्न रुचाउँछ। आधुनिक समाज खुल्न नसकेको यौनका कुरामा प्राचीन समयका मन्दिरहरुका भित्तामा कुदिँएको देख्न पाइन्छ।

यस्ता छन् केही तथ्यहरुः

१. किम्बदन्तीका अनुसार मन्दिरमा यौनजन्य सङ्केत सहितका कला राख्दा चट्याङ पर्दैन र मन्दिरमा कुनै क्षती हुँदैन् ।

२. कसैले यो बिषयलाई धर्मसँग जोडेर के पनि भनेका छन् भने प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो । धर्मकै कारण अधिकांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थाले । यस्तो क्रम बढेपछी त्यतिखेरका हिन्दु राजाहरुले उनीहरुलाई सांसारिक जीवनमा ल्याउनको लागि बिभिन्न उपायहरु रच्न थाले । त्यसो त धर्म त्यागेर बौद्धमार्गी बन्नेको संख्या बढेको र बैबाहिक जीवन र यौन जीवनलाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछि जनसंख्या घट्न थालेपछी त्यतिखेर मन्दिरहरुमा त्यस्ता यौनक्रिडाका मुर्तिहरु बनाएर दैनिक मानिसहरुलाई यौन क्रिडामा सक्रिय बनाउनको लागि मन्दिरहरुमा अश्लिल मुर्ति बनाउन थालियो । यो बिषयलाई विश्लेषण गर्ने हो भने केहि कुरा तथ्य पनि लाग्न सक्छन । किनभने धेरै मुर्तिहरु साधुजस्तो आकृतिमा कुँदिएको छ । कतिपय मुर्तिहरु भगवानकै आकृतिमा पनि कुँदिएको छ । त्यसको मतलव भगवानले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन खोजिएको हुनसक्छ भने अर्को कुरा बुद्ध धर्म मान्नेले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन कतिपय बुद्धको जस्तो आकृति देखिने मुर्तिमा यौनक्रिडाको मुर्ति कुँदिएको हुनसक्छ । कतिपयले बुद्धको आकृतिमा त्यस्ता मुर्ति कुँदिनु त्यतिखेरको धार्मिक विरोधी कार्य मानेका छन् ।

३. अधिकांश प्राचिन मन्दिरहरु बनाउने कार्य तात्कालिन राजाहरुले गरेका थिए । उनीहरुले दिएको जिम्मेवारीमै मन्दिर बन्थ्यो भने मन्दिरहरुमा मुर्ति पनि उनीहरुलेनै छाने बमोजिमको बनाउनुपर्ने हुँदा त्यतिखेर मुर्तिहरुमा राजाहरुले अश्लिलता कुँदेको कतिपयको आरोप छ ।

४. के पनि विश्वास छ भने मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन मन्दिरको बाहिर नै कामुक कला कुँदिएका थिए ।

५. कतिपयले के पनि भनेका छन् भने मानिस बढी उपस्थित हुने स्थानहरुमा यसरी मुर्ति कुँदिनु त्यतिखेरको शैक्षिक कार्य हो । यसरी आसन आसनमा यौनक्रिडाको मुर्तिको कारण मानिसहरुले कसरी यौनक्रिडा गर्ने भन्नेबारे जानकार हुन्छन् ।

६. यही बिषयमा के पनि बिचार छ भने संसारका श्रीष्टिकर्ता ब्रम्हा समेतको मोक्षका लागि यौन आवश्यक परेको थियो । उनको पुनरजन्मको लागि यौनको भूमिका थियो त्यसैकारण यौनलाई मुर्तिको रुपमा चित्रण गर्न थालियो ।

७. यो बिषयले मुश्लिम आक्रमणलाई पनि जोडेर हेर्नेहरु छन् । प्राचिन कालमा हिन्दु धर्मावलम्बीहरुलाई मुश्लिम शासकहरुको डर थियो । मुस्लिमहरुले आक्रमण गर्नेक्रममा नग्न र कामुक बस्तुहरुको नजिक पर्दैनन् भन्ने त्यतिखेरको चेतना थियो त्यसैकारण उनीहरुबाट मन्दिरलाई जोगाउनकै लागि पनि यस्ता आकृति कुँदिएका थिए ।

८. कतिपयले यस बिषयलाई त्यतिखेरको राजाहरुको सम्पन्नता र मज्जाको जीवनशैलीका रुपमा पनि चित्रण गरेका छन् ।

९. अर्को बिषय के पनि छ भने कुमारीलाई जिउँदो देवीको रुपमा पुजा गर्ने चलन छ । कुमारी भन्ने बित्तिकै ‘भर्जिन’ हुनुपर्ने मान्यता छ । मन्दिरमा स्थापना गरिने ‘कुमारी’लाई कसैको आँखा नलागोस् र यौनक्रिडाको सिकार बन्न नपरोस् भन्ने मान्यता थियो । यसरी मन्दिरको बाहिरनै मुर्ति कुँदिएपछी कुमारीसँग सबैले लाज मान्ने र यौनको बिचार नजाग्ने हुँदा मन्दिरको बाहिर त्यस्ता नग्न मुर्ति कुँदिएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago