सभामुख अग्नी सापकोटाले प्रचण्डको दबाबमा माधब नेपालका १४ सांसद निलम्बनको सूचना नटासेको आफैले स्विकार गरे, प्रचण्ड तनावमा !

काठमाडौं: सभामुख अग्नि सापकोटाले फेरि एकपटक आफू माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आदेश पालक नै भएको प्रमाणित गर्नुभएको छ । सभामुखमा निर्वाचित भएदेखि सरकारलाई असहयोग गर्दै प्रचण्डको आदेशपालक बनेर संंसदलाई पंगु बनाउनु भएका सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारलाई असहयोग गरेजसरी नै मैदानमा उत्रनुभएको हो ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० संसदबाट पारित गराउने अडान प्रधानमन्त्री शेरबहादुर देउवाले राखेपछि प्रचण्डले सभामुख सापकोटालाई निर्देशन दिएर संसद बैठक नै १० दिन पर सार्न लगाउनु भएको तथ्य बाहिर आएपछि सभामुख सापकोटा प्रचण्डकै आदेशपालक मात्रै बनेको पुष्टि भएको हो । प्रधानमन्त्रीको अडानपछि गठबन्धन जोगाउन सभामुख सापकोटामार्फत १० दिन संसद बैठक स्थगित गराएको तथ्य नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले खोल्नुभएको छ ।
शनिवार प्रधानमन्त्री देउवाले फेब्रुअरी १ अघि नै एमसीसी पारित गर्नुपर्ने बाध्यता सुनाउँदै संसदमा पेश गर्ने घोषणा गरेपछि माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले माघ १५ गते शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो । आफूहरु सभामुखलाई हतियार बनाएर देउवालाई देखाइ दिने अभियान चलाइसकेको खुलासा गर्दै खनालले अनलाइन खवरसँगको कुराकानीमा भन्नुभएको छ, ‘अब संसद बैठक १० दिन स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदो रैछ हेरौँ भनेर हामीले संसद बैठक १० दिन पछि सार्‍यौं ।’

खनालको यो खुलासाले सभामुख संसदको नेता नभई प्रचण्ड र माधव झलनाथको आदेशपालक रहेको तथ्यलाईफेरि उजागर गरेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago