सभामुख अग्नी सापकोटाले प्रचण्डको दबाबमा माधब नेपालका १४ सांसद निलम्बनको सूचना नटासेको आफैले स्विकार गरे, प्रचण्ड तनावमा !

काठमाडौं: सभामुख अग्नि सापकोटाले फेरि एकपटक आफू माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आदेश पालक नै भएको प्रमाणित गर्नुभएको छ । सभामुखमा निर्वाचित भएदेखि सरकारलाई असहयोग गर्दै प्रचण्डको आदेशपालक बनेर संंसदलाई पंगु बनाउनु भएका सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारलाई असहयोग गरेजसरी नै मैदानमा उत्रनुभएको हो ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० संसदबाट पारित गराउने अडान प्रधानमन्त्री शेरबहादुर देउवाले राखेपछि प्रचण्डले सभामुख सापकोटालाई निर्देशन दिएर संसद बैठक नै १० दिन पर सार्न लगाउनु भएको तथ्य बाहिर आएपछि सभामुख सापकोटा प्रचण्डकै आदेशपालक मात्रै बनेको पुष्टि भएको हो । प्रधानमन्त्रीको अडानपछि गठबन्धन जोगाउन सभामुख सापकोटामार्फत १० दिन संसद बैठक स्थगित गराएको तथ्य नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले खोल्नुभएको छ ।
शनिवार प्रधानमन्त्री देउवाले फेब्रुअरी १ अघि नै एमसीसी पारित गर्नुपर्ने बाध्यता सुनाउँदै संसदमा पेश गर्ने घोषणा गरेपछि माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले माघ १५ गते शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो । आफूहरु सभामुखलाई हतियार बनाएर देउवालाई देखाइ दिने अभियान चलाइसकेको खुलासा गर्दै खनालले अनलाइन खवरसँगको कुराकानीमा भन्नुभएको छ, ‘अब संसद बैठक १० दिन स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदो रैछ हेरौँ भनेर हामीले संसद बैठक १० दिन पछि सार्‍यौं ।’

खनालको यो खुलासाले सभामुख संसदको नेता नभई प्रचण्ड र माधव झलनाथको आदेशपालक रहेको तथ्यलाईफेरि उजागर गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago