फाइल फोटो
काठमाडौँ । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुन्। कांग्रेस सभापतिसमेत रहेका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ।
तर, उनकै पार्टी कांग्रेसको परियोजना अनुमोदन गर्नुपर्ने भन्ने आधिकारिक धारणा भने होइन। त्यसका लागि त कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्छ। यही १४ माघमा बसेको केन्द्रीय समिति बैठकमा पनि एमसीसी परियोजनाबारे छलफल हुन सकेन।
तर, पनि प्रधानमन्त्री देउवा र पार्टीमा उनी निकट नेताहरूको जोड एमसीसी परियोजना संसदबाट अनुमोदन गरेर अघि बढ्नुपर्ने भन्नेमा छ।
डा शेखर कोइराला समूहबाट सहमहामन्त्री भएका नेता जीवन परियार भने एमसीसीबारे प्रधानमन्त्री देउवासहित नेताहरूले दिँदै आएको अभिव्यक्तिलाई पार्टीको आधिकारिक धारणाको रूपमा बुझ्न नहुने बताउँछन्।‘पार्टीको आधिकारिक फोरम भनेको केन्द्रीय समिति बैठक हो। बैठक बस्नुपर्छ। बैठकले निर्णय लिनुपर्छ। अहिलेको सन्दर्भमा बैठकले एमसीसीबारे के गर्ने भन्ने निर्णय नगर्दासम्म नेताहरूले बोलेको कुरा पार्टीको आधिकारिक धारणा होइन’, सहमहामन्त्री परियारले भने।
हुन त कांग्रेसमा एमसीसी परियोजनाबारे विरोधको स्वर सुनिएको छैन। कारण, परियोजनालाई अघि बढाउने भूमिका यसअघि देउवा नेतृत्वमै रहेको सरकारको पनि थियो।त्यही भएर परियोजना अनुमोदन गराउन प्रधानमन्त्री देउवा र उनी नेतृत्वको कांग्रेसलाई दबाब छ। परियोजना अनुमोदन गराउन सत्ता सहयात्री दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी अनिच्छुक छन्।
अनुमोदन गराउनु परे परियोजनासँग सम्बन्धित सम्झौताको केही प्रावधान संशोधन गर्नुपर्नेमा जोड छ। गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा त परियोजना अनुमोदन गर्नै नहुने पक्षमा छ।तैपनि कांग्रेस भने पार्टी केन्द्रीय समिति बैठक राखेर परियोजनाबारे आधिकारिक धारणा तय नगरी नै अनुमोदन गर्ने दिशामा अघि बढेको छ। गठबन्धनमा रहेका अन्य दलहरूमाथि पनि अनुमोदन गराउनबारे दबाब बढाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…