एमसीसीबारे कांग्रेसकाे आधिकारिक धारणा के ?

काठमाडौँ बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुन्। कांग्रेस सभापतिसमेत रहेका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ।

फाइल फोटो

तर, उनकै पार्टी कांग्रेसको परियोजना अनुमोदन गर्नुपर्ने भन्ने आधिकारिक धारणा भने होइन। त्यसका लागि त कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्छ। यही १४ माघमा बसेको केन्द्रीय समिति बैठकमा पनि एमसीसी परियोजनाबारे छलफल हुन सकेन।

तर, पनि प्रधानमन्त्री देउवा र पार्टीमा उनी निकट नेताहरूको जोड एमसीसी परियोजना संसदबाट अनुमोदन गरेर अघि बढ्नुपर्ने भन्नेमा छ।
डा शेखर कोइराला समूहबाट सहमहामन्त्री भएका नेता जीवन परियार भने एमसीसीबारे प्रधानमन्त्री देउवासहित नेताहरूले दिँदै आएको अभिव्यक्तिलाई पार्टीको आधिकारिक धारणाको रूपमा बुझ्न नहुने बताउँछन्।‘पार्टीको आधिकारिक फोरम भनेको केन्द्रीय समिति बैठक हो। बैठक बस्नुपर्छ। बैठकले निर्णय लिनुपर्छ। अहिलेको सन्दर्भमा बैठकले एमसीसीबारे के गर्ने भन्ने निर्णय नगर्दासम्म नेताहरूले बोलेको कुरा पार्टीको आधिकारिक धारणा होइन’, सहमहामन्त्री परियारले भने।

हुन त कांग्रेसमा एमसीसी परियोजनाबारे विरोधको स्वर सुनिएको छैन। कारण, परियोजनालाई अघि बढाउने भूमिका यसअघि देउवा नेतृत्वमै रहेको सरकारको पनि थियो।त्यही भएर परियोजना अनुमोदन गराउन प्रधानमन्त्री देउवा र उनी नेतृत्वको कांग्रेसलाई दबाब छ। परियोजना अनुमोदन गराउन सत्ता सहयात्री दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी अनिच्छुक छन्।

अनुमोदन गराउनु परे परियोजनासँग सम्बन्धित सम्झौताको केही प्रावधान संशोधन गर्नुपर्नेमा जोड छ। गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा त परियोजना अनुमोदन गर्नै नहुने पक्षमा छ।तैपनि कांग्रेस भने पार्टी केन्द्रीय समिति बैठक राखेर परियोजनाबारे आधिकारिक धारणा तय नगरी नै अनुमोदन गर्ने दिशामा अघि बढेको छ। गठबन्धनमा रहेका अन्य दलहरूमाथि पनि अनुमोदन गराउनबारे दबाब बढाएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago