बलिउडका ह्याण्डसम अभिनेता ऋतिक रोशनको प्रेम चर्चा कॅाहा के ?

काठमाडौं । पत्नी सुजैनसँग डिभोर्स गरेको केही वर्षपछि बलिउडका ह्याण्डसम अभिनेता ऋतिक रोशनको प्रेम चर्चा शुरु भएको छ । उनी कलाकार सबा आजादसँग प्रेममा रहेको खबर भारतीय सञ्चारमाध्यममा गसिप बन्न थालेका छन् ।

कलाकार सबा आजादसँग ऋतिक केही समययता एकसाथ देखिन थालेपछि उनीहरुबीच प्रेम रहेको चर्चा चल्न थालेको हो । सबा आजादको हात समाउँदै ऋतिक केही दिन अगाडि मात्र डिनर डेटमा पुगेका थिए । यो तस्वीर र भिडियो भाइरल भएपछि मिडिया र फ्यानमा समेत उत्सुकता छाएको छ ।

तर सबाले सञ्चारकर्मीसँगको कुराकानीमा भने ऋतिकसँगको प्रेम सम्बन्धलाई अस्वीकार गरेकी छन् । भारतीय अनलाइन बलिउड हंगामाले भने उनीहरु प्रेममा रहेपनि यसलाई लुकाउन चाहिरहेको उल्लेख गरेको छ । ऋतिक आफ्नो व्यक्तिगत जीवनलाई मिडियामा ल्याउन चाहँदैनन् । यसैले पनि उनले यो विषयलाई गोप्य नै राख्न चाहेको दाबी गरिएको छ ।

सबा आजाद सोनी लिभबाट प्रसारण हुन लागेको सिरिज ‘रकेट ब्वाइज’मा देखिँदैछिन् । मिडियाले ऋतिकसँगको प्रेम चर्चालाई नै बढी केन्द्रमा राख्ने भएकाले सबा र सोनीले ‘रकेट ब्वाइज’को प्रमोसनमा नदेखिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago