बलिउडका ह्याण्डसम अभिनेता ऋतिक रोशनको प्रेम चर्चा कॅाहा के ?

काठमाडौं । पत्नी सुजैनसँग डिभोर्स गरेको केही वर्षपछि बलिउडका ह्याण्डसम अभिनेता ऋतिक रोशनको प्रेम चर्चा शुरु भएको छ । उनी कलाकार सबा आजादसँग प्रेममा रहेको खबर भारतीय सञ्चारमाध्यममा गसिप बन्न थालेका छन् ।

कलाकार सबा आजादसँग ऋतिक केही समययता एकसाथ देखिन थालेपछि उनीहरुबीच प्रेम रहेको चर्चा चल्न थालेको हो । सबा आजादको हात समाउँदै ऋतिक केही दिन अगाडि मात्र डिनर डेटमा पुगेका थिए । यो तस्वीर र भिडियो भाइरल भएपछि मिडिया र फ्यानमा समेत उत्सुकता छाएको छ ।

तर सबाले सञ्चारकर्मीसँगको कुराकानीमा भने ऋतिकसँगको प्रेम सम्बन्धलाई अस्वीकार गरेकी छन् । भारतीय अनलाइन बलिउड हंगामाले भने उनीहरु प्रेममा रहेपनि यसलाई लुकाउन चाहिरहेको उल्लेख गरेको छ । ऋतिक आफ्नो व्यक्तिगत जीवनलाई मिडियामा ल्याउन चाहँदैनन् । यसैले पनि उनले यो विषयलाई गोप्य नै राख्न चाहेको दाबी गरिएको छ ।

सबा आजाद सोनी लिभबाट प्रसारण हुन लागेको सिरिज ‘रकेट ब्वाइज’मा देखिँदैछिन् । मिडियाले ऋतिकसँगको प्रेम चर्चालाई नै बढी केन्द्रमा राख्ने भएकाले सबा र सोनीले ‘रकेट ब्वाइज’को प्रमोसनमा नदेखिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago