बैंकका सीईओलाई भारतबाट अग्रवालको फोनः वातारवण सहज बनाउनुस्, नेपाल फर्केरै ऋण तिर्छु

काठमाडौं । गत पुस २२ गतेदेखि सम्पर्कविहिन भएका ग्रिनलाइन सेन्टरका संस्थापक ओमप्रकाश अग्रवालको परिवार भारत गएको प्रहरीको अनुसन्धानले खुलेको छ । अग्रवाल प्रहरीको सम्पर्कमा नआए पनि उनी भारतमै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।
अग्रवाल परिवार सम्पर्कविहिन भएपछि खोजतलासमा खटिएको प्रहरीको अनुसन्धान टोलीले उनको परिवार भारतमा भएको प्रारम्भिक निश्कर्ष निकालेको हो । तथापि, अहिले पनि उनको खोजी तीव्रताका साथ भइरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीका अनुसार उनको परिवार भारत गएको प्रवल सम्भावना देखिएको छ ।
‘उहाँ मुग्लिनको बाटो हुँदै विरगञ्जबाट भारत गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, अझै पनि हामी अनुसन्धान गरिरहेका छौं, उहाँको छोरीले पनि उहाँ भारत नै गएको हुन सक्ने संकेत दिइरहनु भएको छ, हामी अनुसन्धानको निचोडमा भने पुगेका छैनौं,’ एसएसपी गिरीले भने ।
सुरुमा पैसा लेनदेन गर्ने मानिसहरुले प्रहरीसँग सम्पर्क गरिरहे पनि अहिले कुनैले पनि ‘क्वाइरी’ नगरेको उनले बताए । उनको गाडी भने नेपालमै भेटिएको प्रमुख गिरीको भनाई छ ।
‘उहाँ भारत गएको अनुमान भएपनि गाडी नेपालमै भेटिएको छ, उहाँले ऋण लिएको एउटा बैंकमा गाडी भएको हामीले जानकारी पाएका छौं, हामी गाडीभन्दा पनि मान्छेको खोजीमा छौं,’ उनले विकासन्युजसँग भने ।
एसएपी गिरीका अनुसार अग्रवालले भारतबाटै आफुले ऋण लिएको एउटा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई फोन गरेका छन् । अग्रवालले फोन गरेर नेपाल आउने वातावरण मिलाई दिन ती सीईओलाई आग्रह गरिएको सूचना प्रहरीलाई प्राप्त भएको हो ।
एसएसपी गिरीले भने, ‘उहाँले भारतबाटै एउटा बैंकलाई फोन गरेको जानकारी हामीले उहाँकै आफन्तबाटै पायौं, उहाँले नै फोन गर्नु भएको हो वा कुनै आफन्तबाट गराउन लगाउनु भएको हो भनेर ‘भेरिफाइड’का बैंकसँग सोध्दा बैंकले भन्न मानेन, बैंकहरुले तथ्य लुकाएका हुन् वा के गरेका हुन् ।’
अग्रवालले ऋण लिएको बैंकलाई फोन गरेर नेपाल आएर वातावरण सहज भइसकेपछि ऋण तिर्ने प्रतिवद्धता गरेको सूचना पनि प्रहरीले पाइसकेको छ । तर, त्यसको तथ्य भने प्रहरीको अनुसन्धान टोलीसँग छैन । यस विषयमा बैंकसँग सोध्दा बैंकले अस्वीकार गरेको एसएपी गिरीको भनाई छ ।
ग्रीनलाइन सेन्टरलाई ४ वटा वाणिज्य बैंकले ऋण दिएको सार्वजनिक भइसकेको छ । सो कम्पनीलाई नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक,ग्लोबल आइएमई र मेगा बैंकले करिब ८० करोड रुपैयाँ ऋण दिइएको बुझिएको छ । यी ४ बैंकमध्ये एक बैंकलाई अग्रवालले फोन गरेका हुन् ।
घर छाड्नुअघि अग्रवाल परिवारले घरभित्र एक पत्र छाडेर गएको थियो । पत्रमा बैंकको ब्याज तिर्न र अरू व्यक्तिहरूलाई ब्याज तिर्न समस्या भएको उल्लेख थियो । सोही पत्रमा मिटर ब्याजीको फन्दामा परी आफ्नो सम्पत्ति सिद्ध्याइसकेको समेत उल्लेख थियो थियो ।
पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा, छोरा अभिषेक र अमितले हस्ताक्षर गरेका छन् । अहिले पनि प्रहरीले अग्रवालका छोरीज्वाईंसँग सम्पर्कमै रहेर अनुसन्धान गरिरहेको छ ।
एसएसपी गिरीका अनुसार अग्रवाल परिवारसँग आर्थिक लेनादेना रहेको भन्दै विभिन्न व्यवसायिक व्यक्ति र उनका आफन्तबाट फोन आइरहेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवालसँग आर्थिक कारोबार रहेको भन्दै अधिकांश व्यवसायिक घरानाले प्रहरीलाई फोन गरिरहेका छन् ।
गत पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन भएका अग्रवाल परिवारको सूचना अझै अज्ञात छ । प्रहरीले उनको परिवारको खोजी कार्य तीव्रताका साथ गरिरहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago