बिर्तामोडमा नागरिक सामुदायीक अस्पताल निर्माण द्रुतगतिमा

बिर्तामोड ।  हस्पिटल हबको रुपमा विकास हुँदै गइरहेको बिर्तामोडमा जनस्तरबाट सञ्चालन हुने गरी नागरिक सामुदायीक अस्पतालको भौतिक संरचना निर्माण शुरु भएको छ ।

‘हामी अस्पताललाई व्यवसायीक भन्दापनि सेवामुखी बनाउँछौँ,’ अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले भने,‘मानिसहरु सामान्य उपचार समेत नपाएर अकालमा मर्नु नपरोस भन्ने हाम्रो उद्धेश्य हो ।

लकडाउनको समयमा कतिपय निजी अस्पतालले बिरामी भर्ना समेत नलिएको तीतो यथार्थले नागरिकले आफैँ अस्पताल बनाउनु पर्छ भन्ने सोँच विकास भएको पौडेलको भनाई छ । आफ्नै लगानीमा अस्पताल सञ्चालन हुँदा नागरिकलाई अपनत्व महशुस हुनुका साथै आफैँ मालिक बन्ने अवसर हुने पौडेलको भनाई छ ।

आम नागरिकले बाँच्न पाउने नैसर्गिक अधिकारलाई सम्मान गरिने कार्यकारी प्रमुख पौडेलले बताए । सहकारी संस्थाले अस्पतालको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने भएकाले तुलनात्मक रुपमा नागरिक सामुदायीक अस्पतालको सेवा अन्यभन्दा सस्तो हुने पौडेलको भनाइ छ ।

हाल सहकारीले बिर्तामोड–४ मा १२ कठ्ठा जग्गा लिजमा लिएर भुकम्प प्रतिरोधी संरचना निर्माण गरिरहेको भएपनि ५–७ बर्ष भित्रमा आफ्नै जग्गामा एक सय बेड क्षमताको अस्पताल सञ्चालन गर्ने योजना रहेको कार्यकारी प्रमुख पौडेलले बताए । हाल कम्पाण्उड निर्माणको काम सम्पन्न भएको छ भने वैशाख पहिलो हप्तादेखि भवनको संरचना निर्माण हुने बताइएको छ ।

पौडेलका अनुसार भविष्यमा सहकारीले स्वास्थ्य प्राविधिक शिक्षालयसमेत सञ्चालन गर्ने लक्ष्य राखेको छ ।अस्पतालमा हाडजोर्नी, सर्जरी, महिला तथा प्रसुती रोग, मेडिसिन जस्ता प्रमुख सेवा, सिटी स्क्यान, एम्बुलेन्स लगायतको सेवा उपलब्ध हुनेछ ।

अस्पतालमा सहकारीमार्फत दश जना विशेषज्ञ डाक्टरहरुको समेत लगानी रहने उनले जानकारी दिए ।  संस्थामा उद्योगी व्यवसायी, चिकित्सक, प्राध्यापक, कानून व्यवसायी, औषधी व्यवसायी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत आवद्ध भइसकेका छन् ।

प्रति व्यक्ति एक लाख २५ हजार देखि ५ लाख रुपैँयासम्म शेयर शुल्क लिएर दश हजार जना सदस्य आबद्ध गराउने लक्ष्य रहेको सहकारीमा हालसम्म तीन सय सदस्य आवद्ध भइसकेको उनको भनाई छ । अस्पताल निर्माणका लागि करिब ५० करोड लागत अनुमान गरिएको छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago