बिर्तामोड । हस्पिटल हबको रुपमा विकास हुँदै गइरहेको बिर्तामोडमा जनस्तरबाट सञ्चालन हुने गरी नागरिक सामुदायीक अस्पतालको भौतिक संरचना निर्माण शुरु भएको छ ।
‘हामी अस्पताललाई व्यवसायीक भन्दापनि सेवामुखी बनाउँछौँ,’ अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले भने,‘मानिसहरु सामान्य उपचार समेत नपाएर अकालमा मर्नु नपरोस भन्ने हाम्रो उद्धेश्य हो ।
लकडाउनको समयमा कतिपय निजी अस्पतालले बिरामी भर्ना समेत नलिएको तीतो यथार्थले नागरिकले आफैँ अस्पताल बनाउनु पर्छ भन्ने सोँच विकास भएको पौडेलको भनाई छ । आफ्नै लगानीमा अस्पताल सञ्चालन हुँदा नागरिकलाई अपनत्व महशुस हुनुका साथै आफैँ मालिक बन्ने अवसर हुने पौडेलको भनाई छ ।
आम नागरिकले बाँच्न पाउने नैसर्गिक अधिकारलाई सम्मान गरिने कार्यकारी प्रमुख पौडेलले बताए । सहकारी संस्थाले अस्पतालको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने भएकाले तुलनात्मक रुपमा नागरिक सामुदायीक अस्पतालको सेवा अन्यभन्दा सस्तो हुने पौडेलको भनाइ छ ।
हाल सहकारीले बिर्तामोड–४ मा १२ कठ्ठा जग्गा लिजमा लिएर भुकम्प प्रतिरोधी संरचना निर्माण गरिरहेको भएपनि ५–७ बर्ष भित्रमा आफ्नै जग्गामा एक सय बेड क्षमताको अस्पताल सञ्चालन गर्ने योजना रहेको कार्यकारी प्रमुख पौडेलले बताए । हाल कम्पाण्उड निर्माणको काम सम्पन्न भएको छ भने वैशाख पहिलो हप्तादेखि भवनको संरचना निर्माण हुने बताइएको छ ।
पौडेलका अनुसार भविष्यमा सहकारीले स्वास्थ्य प्राविधिक शिक्षालयसमेत सञ्चालन गर्ने लक्ष्य राखेको छ ।अस्पतालमा हाडजोर्नी, सर्जरी, महिला तथा प्रसुती रोग, मेडिसिन जस्ता प्रमुख सेवा, सिटी स्क्यान, एम्बुलेन्स लगायतको सेवा उपलब्ध हुनेछ ।
अस्पतालमा सहकारीमार्फत दश जना विशेषज्ञ डाक्टरहरुको समेत लगानी रहने उनले जानकारी दिए । संस्थामा उद्योगी व्यवसायी, चिकित्सक, प्राध्यापक, कानून व्यवसायी, औषधी व्यवसायी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत आवद्ध भइसकेका छन् ।
प्रति व्यक्ति एक लाख २५ हजार देखि ५ लाख रुपैँयासम्म शेयर शुल्क लिएर दश हजार जना सदस्य आबद्ध गराउने लक्ष्य रहेको सहकारीमा हालसम्म तीन सय सदस्य आवद्ध भइसकेको उनको भनाई छ । अस्पताल निर्माणका लागि करिब ५० करोड लागत अनुमान गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…