काठमाडौं । झापा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार स्वागत नेपालले आफ्नो चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन् । नेपालले निर्वाचनमा जम्मा खर्च ३ लाख ५४ हजार ८८५ रुपैयाँ खर्च भएको भन्दै खर्च विवरण आयोगमा बुझाएका छन् । उनले आफ्नो चुनावी खर्चका सक्कल बिलसहित आयोगमा बुझाएको जानकारी दिएका छन् ।नेपालले घरमै खाना बनाएर खायौं । खाजा पनि घरमै बनाएकाे खायौं भनेर आफ्नो फेसबुकमा उल्लेख गर्नुभएको छ ।
नेपालले आफ्नो खातामा सर्वसाधारणले स्वतःस्फूर्त सय–दुई सयदेखि हजार–दुई हजार गरी सहयोग गरेको उनले बताए । यसरी आफ्नो खातामा ३ लाख ३९ हजार ९२१ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।त्यसमा आफूले १४ सय ९६४ रुपैयाँ थपेर जम्मा ३ लाख ५४ हजार ८८५ रुपैयाँ भएको र त्यो खर्च भएको उल्लेख गरेका छन् ।
नेपाल एमालेका देवराज घिमिरेसँग झिनो मतले पराजित भएका थिए । घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका भने नेपालले २६ हजार ४ सय ४१ मत पाएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…