एलन मस्क ट्विटरकाे नयाँ सिइओ बन्ने

विश्वका धनाढ्य व्यक्ति एलन मस्कले ट्विटर किन्ने प्रक्रिया पूरा गरेर आफूलाई कम्पनीको नयाँ सिइओ र निर्देशक बनाउन लागेका छन्।

कम्पनीले सेक्युरिटी फाइलिङमा यसबारे जानकारी दिएको छ। करिब ४४ अर्ब डलरमा ट्विटर किनेका मस्कले माइक्रो ब्लगिङ वेबसाइट चलाउने कम्पनीमा निरन्तर परिवर्तन गर्दै आएका छन्।

यी परिवर्तनहरू कम्पनीका सिइओ पराग अग्रवाल र अन्य उच्च अधिकारीहरूलाई बर्खास्त गरेपछि सुरु भएको हो।अहिले मस्कले सञ्चालक समितिलाई बर्खास्त गरेर आफूलाई कम्पनीको एकमात्र सञ्चालक बनाएका छन्।

हालैको न्यूयोर्क टाइम्सको रिपोर्टले दावी गरेको छ कि एलन मस्कले ट्विटरबाट ठूलो मात्रामा कर्मचारीहरूलाई हटाउन लागेका छन्।बर्खास्त गर्न सकिने यस्ता कर्मचारीको सूची बनाउन उनले व्यवस्थापकलाई आग्रह गरेका छन्।मस्कले ट्विटरको अधिग्रहण गर्नुअघि उनले कर्मचारीको संख्या घटाउने चर्चा थियो।

अहिले ट्विटरमा करिब साढे सात हजार कर्मचारी छन्। कतिपय रिपोर्टले उनले ७५ प्रतिशतले श्रमशक्ति घटाउने समेत जनाएकाे छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago