विश्वका धनाढ्य व्यक्ति एलन मस्कले ट्विटर किन्ने प्रक्रिया पूरा गरेर आफूलाई कम्पनीको नयाँ सिइओ र निर्देशक बनाउन लागेका छन्।
कम्पनीले सेक्युरिटी फाइलिङमा यसबारे जानकारी दिएको छ। करिब ४४ अर्ब डलरमा ट्विटर किनेका मस्कले माइक्रो ब्लगिङ वेबसाइट चलाउने कम्पनीमा निरन्तर परिवर्तन गर्दै आएका छन्।
यी परिवर्तनहरू कम्पनीका सिइओ पराग अग्रवाल र अन्य उच्च अधिकारीहरूलाई बर्खास्त गरेपछि सुरु भएको हो।अहिले मस्कले सञ्चालक समितिलाई बर्खास्त गरेर आफूलाई कम्पनीको एकमात्र सञ्चालक बनाएका छन्।
हालैको न्यूयोर्क टाइम्सको रिपोर्टले दावी गरेको छ कि एलन मस्कले ट्विटरबाट ठूलो मात्रामा कर्मचारीहरूलाई हटाउन लागेका छन्।बर्खास्त गर्न सकिने यस्ता कर्मचारीको सूची बनाउन उनले व्यवस्थापकलाई आग्रह गरेका छन्।मस्कले ट्विटरको अधिग्रहण गर्नुअघि उनले कर्मचारीको संख्या घटाउने चर्चा थियो।
अहिले ट्विटरमा करिब साढे सात हजार कर्मचारी छन्। कतिपय रिपोर्टले उनले ७५ प्रतिशतले श्रमशक्ति घटाउने समेत जनाएकाे छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…