काठमाडौं: मोबाइल वालेट इ-सेवा पुन: प्ले-स्टोरमा उपलब्ध भएको छ । शुक्रबार अपरान्ह ५ बजेदेखि प्राविधिक कारणले प्ले स्टोरबाट हटेको इ-सेवा पुन: उपलब्ध भएको हो । मोबाइलमा पहिले नै इन्स्टल भएको एप बाहेक नयाँ डाउनलोड गर्न चाहने प्रयोगकर्ताहरू यो समस्याका कारण प्रभावित भएका थिए । अब भने एन्ड्रोइड प्रयोगकर्ताले यो एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।
यसअघि खल्ती, आईएमई पे लगायतका एप पनि गुगल प्ले स्टोरबाट हटेर पुनः प्ले स्टोरमा फिर्ता आएका थियो । इ-सेवा प्ले स्टोरबाट हटेपछि यसका प्रयोगकर्ताहरू सुरक्षाका विभिन्न कारणले गर्दा प्ले स्टोरले हटाएको भन्दै चिन्ता गरेका थिए । कम्पनीले आफ्नो सामाजिक सञ्जालमा एप उपलब्ध रहेको जानकारी दिएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…