बर्दिया: आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् ।
लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा शुक्रबार बिहान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…