फिल्म ‘प्रेमगीत ३’ असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शन

काठमाडौँ: फिल्म ‘प्रेमगीत ३’ असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म ‘प्रेमगीत ३’ अब भारतमा पनि एउटै नाममा प्रदर्शन हुने भएको छ । फिल्मलाई यसअघि ‘विश्वजितम’को नामले भारतमा प्रदर्शन गर्ने तयारी थियो । तर, नेपाल र भारतमा प्रचारका लागि एउटै नाम प्रयोग गर्दा फाइदा पुग्ने देखेपछि फिल्मको प्रतिलिपि लिएको कम्पनीले ‘प्रेमगीत ३’कै नाममा फिल्म प्रदर्शन गर्ने भएको हो ।

खासमा गुगलमा धेरैले प्रेमगीत ३ भनेर खोजेका रहेछन् । अब एउटै फिल्मलाई भारतमा एउटा नाम अनि नेपालमा अर्को भनेर प्रचार गरियो भने राम्रो नहोला भनेर फिल्मको नाम एउटै राखिएको हो,’फिल्मका निर्देशक एवं निर्माता सन्तोष सेन सुनाउँछन्,’भारतले पनि आजबाट यही नाममा फिल्मको प्रचार सुरु गरेको छ ।’
फिल्मलाई भारतमा युएफओ, मधु इन्टरटेन्टमेन्टले वितरण गर्दैछ । सन्तोष फिल्म ओटीटी प्लेटफर्म अमेजनमा पनि प्रदर्शनमा आउने बताउँछन् । नेपाली फिल्मलाई भारतमा प्रदर्शन गर्न पाउँदा दंग छन् सन्तोष । ‘अब हाम्रो कला भारतीय बजारमा देखिँदैछ । त्यो नै हाम्रो लागि ठूलो खुशी हो । २ वर्ष हामी मुम्बई बसेर गरेको मिहेनत देखिँदैछ,’उनले भने ।

फिल्मलाई भारतमा प्रदर्शन गर्न हिन्दी भाषामा डब गरिएको छ । फिल्मको लगानी भारतमा प्रतिलिपि बेच्दा नै उठिसकेको थियो ।’प्रेमगीत ३’ छेतेन गुरुङको ड्रिम प्रोजेक्ट थियो । २०७७ भदौ २७ मा बितेका छेतेनले आफ्नो ड्रिम प्रोजेक्ट हेर्न पाउँने छैनन् । फिल्ममा छेतेन र निर्माता सन्तोष सेनको निर्देशन छ । अभिनेता प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतको अभिनय छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago