काठमाडौँ: फिल्म ‘प्रेमगीत ३’ असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म ‘प्रेमगीत ३’ अब भारतमा पनि एउटै नाममा प्रदर्शन हुने भएको छ । फिल्मलाई यसअघि ‘विश्वजितम’को नामले भारतमा प्रदर्शन गर्ने तयारी थियो । तर, नेपाल र भारतमा प्रचारका लागि एउटै नाम प्रयोग गर्दा फाइदा पुग्ने देखेपछि फिल्मको प्रतिलिपि लिएको कम्पनीले ‘प्रेमगीत ३’कै नाममा फिल्म प्रदर्शन गर्ने भएको हो ।
खासमा गुगलमा धेरैले प्रेमगीत ३ भनेर खोजेका रहेछन् । अब एउटै फिल्मलाई भारतमा एउटा नाम अनि नेपालमा अर्को भनेर प्रचार गरियो भने राम्रो नहोला भनेर फिल्मको नाम एउटै राखिएको हो,’फिल्मका निर्देशक एवं निर्माता सन्तोष सेन सुनाउँछन्,’भारतले पनि आजबाट यही नाममा फिल्मको प्रचार सुरु गरेको छ ।’
फिल्मलाई भारतमा युएफओ, मधु इन्टरटेन्टमेन्टले वितरण गर्दैछ । सन्तोष फिल्म ओटीटी प्लेटफर्म अमेजनमा पनि प्रदर्शनमा आउने बताउँछन् । नेपाली फिल्मलाई भारतमा प्रदर्शन गर्न पाउँदा दंग छन् सन्तोष । ‘अब हाम्रो कला भारतीय बजारमा देखिँदैछ । त्यो नै हाम्रो लागि ठूलो खुशी हो । २ वर्ष हामी मुम्बई बसेर गरेको मिहेनत देखिँदैछ,’उनले भने ।
फिल्मलाई भारतमा प्रदर्शन गर्न हिन्दी भाषामा डब गरिएको छ । फिल्मको लगानी भारतमा प्रतिलिपि बेच्दा नै उठिसकेको थियो ।’प्रेमगीत ३’ छेतेन गुरुङको ड्रिम प्रोजेक्ट थियो । २०७७ भदौ २७ मा बितेका छेतेनले आफ्नो ड्रिम प्रोजेक्ट हेर्न पाउँने छैनन् । फिल्ममा छेतेन र निर्माता सन्तोष सेनको निर्देशन छ । अभिनेता प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतको अभिनय छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…