लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन

काठमाडौँ: यु २० पुरुष साफ च्याम्पियनसिपमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ । आइतबार नेपाली टिमले भारतसँग ८–० को फराकिलो हार बेहोर्‍यो। भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गर्दा टाइसन सिंह लोङटोङबाङ, पथुम गिम्हाना, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग, गुरकिरत सिंह र सुभो पौलले एक–एक गोल गरे ।

खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । उनले नेपाली गोलकिपर इश्वर गुरुङले बल समाउन नसक्दा आएको पाएको सुनौलो मौकामा टाइसनले हेडर गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको भारतले दोस्रो सात गोल थप्यो ।

खेलको ५०औँ मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि पार्थिवले नै भारतलाई तेस्रो अग्रता दिलाए । ६४औं मिनेटमा पथुम गिम्हानाले चौथो गोल गर्दा ७२औं मिनेटमा हिमान्सु जङ्ग्राले अग्रतालाई ५–० मा पुर्याए । यस्तै, ७८औं मिनेटमा टंकधरले छैटौं गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरत सिंहले सातौं गोल गरे ।

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोड्यो । समान अंक भए पनि नेपाल गोल अन्तरको आधारमा तालिकाको तेस्रो स्थानमा छ । अब, अन्तिम दिन नेपालले बंगलादेशको सामना गर्नेछ । जुन खेलमा नेपाल ५-० ले विजयी हुनुपर्नेछ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago