लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन

काठमाडौँ: यु २० पुरुष साफ च्याम्पियनसिपमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ । आइतबार नेपाली टिमले भारतसँग ८–० को फराकिलो हार बेहोर्‍यो। भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गर्दा टाइसन सिंह लोङटोङबाङ, पथुम गिम्हाना, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग, गुरकिरत सिंह र सुभो पौलले एक–एक गोल गरे ।

खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । उनले नेपाली गोलकिपर इश्वर गुरुङले बल समाउन नसक्दा आएको पाएको सुनौलो मौकामा टाइसनले हेडर गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको भारतले दोस्रो सात गोल थप्यो ।

खेलको ५०औँ मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि पार्थिवले नै भारतलाई तेस्रो अग्रता दिलाए । ६४औं मिनेटमा पथुम गिम्हानाले चौथो गोल गर्दा ७२औं मिनेटमा हिमान्सु जङ्ग्राले अग्रतालाई ५–० मा पुर्याए । यस्तै, ७८औं मिनेटमा टंकधरले छैटौं गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरत सिंहले सातौं गोल गरे ।

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोड्यो । समान अंक भए पनि नेपाल गोल अन्तरको आधारमा तालिकाको तेस्रो स्थानमा छ । अब, अन्तिम दिन नेपालले बंगलादेशको सामना गर्नेछ । जुन खेलमा नेपाल ५-० ले विजयी हुनुपर्नेछ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago