लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध ।

काठमाडौं ।  लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

फाईल फोटो

लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोक मार्गअन्तर्गतको दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो।

सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टालगायत ठाउँमा जाने सवारी साधन बाटैमा रोकिएका छन्।

सवारी साधन रोकिँदा यात्रु बीच बाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।अवरुद्ध सडकको पहिरो पन्छाएर सञ्चालनमा ल्याउन हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको वडा नं. ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए। 

वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुँदै आएको थियो। उक्त लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपे खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीहरुले बताएका छन्। लगातारको वर्षासँगै झरेको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारेलगायत कच्ची सडक यसअघि नै बन्द भएका थिए।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago