फेसबुक कम्पनीको आम्दानी सार्वजनिक, पहिलोपटक आम्दानी गिरावट ।

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाको आम्दानीमा पहिलोपटक गिरावट आएको छ । सन् २०१२ मा फेसबुक कम्पनी सार्वजनिक कम्पनी बनेयता कम्पनीको आम्दानी पहिलोपटक घटेको हो ।

फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्व रहेको मेटा कम्पनीको आम्दानी घट्नुका विभिन्न कारणहरु छन् । डिजिटल विज्ञापनको बिक्रीमा बढ्दो प्रतिस्पर्धासँगै विश्वव्यापी आर्थिक मन्दी तथा मेटाका आफ्ना केही निर्णयका पनि यसका कारक हुन् । त्यस्तै मेटाको आम्दानी घट्नुको अर्को मुख्य कारण चाहिं एप्पल हो ।

यस विषयमा मेटाका प्रमुख वित्तीय अधिकृत डेभिड वेनरले जानकारी दिएका छन् । यो वर्षको सुरुवातमै उनले यो कुराको भविष्यवाणी गरेका थिए कि सन् २०२२ मा कम्पनीको व्यवसायमा एप्पलको अपरेटिंग सिस्टम आईओएसले सम्पूर्णतः प्रभाव पार्नेछ ।गत बुधबार मेटाले सार्वजनिक गरेको सन् २०२२ को दोस्रो त्रैमासिकको रिपोर्ट अनुसार कम्पनीको आम्दानी १ प्रतिशतले घटेको छ ।

आखिर एप्पलको त्यस्तो कुन फिचर छ जसका कारण मेटालाई नोक्सानी भैरहेको छ ? वास्तवमा एप्पलले आइओएस १४.५ सँगै App Tracking Transparency फिचर थप गरेको छ । यो फिचर आईओएसको पछिल्लो अपडेटमा पनि उपलब्ध छ र धेरैजसो आइफोनमा छ ।

एप्पलको यो फिचरले प्रयोगकर्ताहरुलाई उनीहरुको डाटामाथि नियन्त्रण प्रदान गर्दछ । अर्थात् प्रयोगकर्ताले यो फिचरको सहयोगमा आफ्नो डाटालाई फेसबुक लगायतका अन्य प्लाटफर्ममा व्यापारिक प्रयोजनमा उपयोग हुनबाट रोक्न सक्दछन् ।

सोही कारणले फेसबुकको व्यवसायमा यसको असर परिरहेको छ । जब आइफोन प्रयोगकर्ताले यो फिचर अन गर्दछन् तब दुईवटा अप्सन देखा पर्दछन् : आइफोनमा चलाउने एपहरुलाई ट्रयाक गर्न दिने वा नदिने ।

प्रयोगकर्ताले आफ्नो इच्छाले कुनैपनि विकल्प चयन गर्न सक्दछन् । यदि कुनै प्रयोगर्ताले कुनैपनि एपलाई आफ्नो गतिविधि ट्रयाक गर्न नदिने अप्सन छान्यो भने एप डेभलपर्सलाई प्रयोगकर्ताको IDFA मा पहुँच हुँदैन । यो डिभाइसको एक आईडी हो । जसको उपयोग एपहरुले प्रयोगकर्ताहरुलाई अनलाइन विज्ञापन देखाउनमा गर्दछन् ।

एप्पलको उक्त फिचरको अनलाइन विज्ञापन कम्पनीहरुले पनि विरोध गरेका थिए । फेसबुक अर्थात् मेटाले त यस विरुद्धको अभियान नै चलाएको थियो । एप्पलले उक्त फिचर प्रयोगकर्ताको गोपनीयताको लागि नभई आफ्नो नाफाको लागि ल्याएको फेसबुकको आरोप थियो ।

– एजेन्सी

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago