काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पर्वतीय पर्यटनका लागि दुनियाँकै सबैभन्दा उर्वर रहेको बताएका छन् । नुवाकोटको ककनीमा स्वर्गीय छोरा प्रकाश दाहालको सालिकको शिलान्यास गर्दै अध्यक्ष दाहालले पर्वतारोहीको जीवन रक्षा, सम्मान र पर्वतीय पर्यटन विकासका निमित्त नेपालमा पर्यटन विश्वविद्यालयको निर्माण गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको बताए ।

‘नेपाल पर्वतीय पर्यटनको विकासको निम्ति योभन्दा उर्वर ठाउँ दुनियाँमा कमै भेटिन्छ । तराईदेखि अलिकति चढ्ने बित्तिकै हिमालमा पुगिन्छ, यस्तो छोटो दूरीमा भूगोलको यस्तो स्थिति त दुनियाँमा कमैमात्र भेटिन्छ,’ उनले भने, ‘त्यसकारण पर्यटनको विकासको निम्ति यी पर्वतहरू अनन्त स्रोत हुन् । हामीले यसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता छ ।’

उनले पर्यटन विश्वविद्यालय निर्माणका लागि शिक्षा र पर्यटन मन्त्रालयसँग समेत छलफल गरिरहेको बताए । ‘हामीले नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ । पर्यटन विकास, पर्वतीय विकास र पर्यटनका लागि त्यहाँबाट पठन पाठन हुनसक्छ, अध्ययन अनुसन्धान हुनसक्छ,’ उनले भने । स्वर्गीय दाहाल एक पर्वतारोहीसमेत रहेको भन्दै नेपाल पर्वतारोहण संघले ककनीमा शालिक निर्माण गर्न लागेको हो । २०६९ जेठमा प्रकाश दाहाल, बीना मगरलगायतको १२ जनाको टोलीले सगरमाथा आरोहण गरेको थियो ।

प्रकाश दाहालको २०७४ मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago