काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पर्वतीय पर्यटनका लागि दुनियाँकै सबैभन्दा उर्वर रहेको बताएका छन् । नुवाकोटको ककनीमा स्वर्गीय छोरा प्रकाश दाहालको सालिकको शिलान्यास गर्दै अध्यक्ष दाहालले पर्वतारोहीको जीवन रक्षा, सम्मान र पर्वतीय पर्यटन विकासका निमित्त नेपालमा पर्यटन विश्वविद्यालयको निर्माण गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको बताए ।

‘नेपाल पर्वतीय पर्यटनको विकासको निम्ति योभन्दा उर्वर ठाउँ दुनियाँमा कमै भेटिन्छ । तराईदेखि अलिकति चढ्ने बित्तिकै हिमालमा पुगिन्छ, यस्तो छोटो दूरीमा भूगोलको यस्तो स्थिति त दुनियाँमा कमैमात्र भेटिन्छ,’ उनले भने, ‘त्यसकारण पर्यटनको विकासको निम्ति यी पर्वतहरू अनन्त स्रोत हुन् । हामीले यसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता छ ।’

उनले पर्यटन विश्वविद्यालय निर्माणका लागि शिक्षा र पर्यटन मन्त्रालयसँग समेत छलफल गरिरहेको बताए । ‘हामीले नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ । पर्यटन विकास, पर्वतीय विकास र पर्यटनका लागि त्यहाँबाट पठन पाठन हुनसक्छ, अध्ययन अनुसन्धान हुनसक्छ,’ उनले भने । स्वर्गीय दाहाल एक पर्वतारोहीसमेत रहेको भन्दै नेपाल पर्वतारोहण संघले ककनीमा शालिक निर्माण गर्न लागेको हो । २०६९ जेठमा प्रकाश दाहाल, बीना मगरलगायतको १२ जनाको टोलीले सगरमाथा आरोहण गरेको थियो ।

प्रकाश दाहालको २०७४ मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago