बैंकमा एकै दिन निक्षेप आक्रामक वृद्धि हुँदा प्रणालीमा ५० खर्ब निक्षेप, इतिहासमा असार १५ गते एक ऐतिहासिक दिन बन्यो !

काठमाडौं: नेपाली बैंकिङ इतिहासमा असार १५ गते एक ऐतिहासिक दिन बनेको छ । सो दिन बैंकिङ प्रणालीमा निक्षेप संकलन ५० खर्ब पुगेको छ । असार १४ गते ४९ खर्ब ९७ अर्ब पुगेको निक्षेप संकलन एकै दिन करिव ७ अर्बले वृद्धि भएको हो । वाणिज्य बैंकमा एकै दिन निक्षेप आक्रामक वृद्धि हुँदा प्रणालीमा ५० खर्ब निक्षेप पुगेको हो।

कर्जा प्रवाह भने सामान्य वृद्धि भएको छ । समिक्षा अवधिमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ । सिडी रेसियो पनि पछिल्लो दिन निरन्तर घट्दै छ । असार १५ गतेसम्म वाणिज्य बैंकको सिडी रेसियो ८९ दशमलव ०६ प्रतिशत रहेको छ । जुन अघिल्लो दिन अर्थात असार १४ गते ८९ दशमलव १४ प्रतिशत थियो । राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशत मुनी सीडी रेसियो ल्याउनु पर्ने निर्देशन दिए सँगै बैंकहरु कर्जा प्रवाहमा सुस्त र निक्षेप केन्द्रित कारोवार गर्दै आएका थिए।

Kamal Panthi

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago