जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।

फाईल फोटो

विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको हो । साथै इन्टरनेट सेवा प्रदायकहरूका घरबेटीसमेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको आइस्पानको भनाइ छ ।

विद्युत् भाडाको विवाद समाधानको विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरणपछि उच्चस्तरीय समिति गठन भएर दिएको प्रतिवेदनलाई पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकको आरोप छ । इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणको बोर्डले निर्णय नगरिसकेको तथा नयाँ भाडादर कायम गर्न पूर्वाधार व्यवस्थापन तथा भाडादर सिफारिस समितिको पनि कुनै पनि बैठक नबसेको बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि जानकारी गराउँदै इन्टरनेट सेवा प्रदायकहरूले पत्र दर्ता गराएका छन् ।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago