काठमाडौं: काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठक इतिहासमै पहिलो पटक नयाँ स्वतन्त्र मेयर बालेन्द्र साहको ईन्ट्रीपछि लाईभ गरिएको थियो । त्यो लाईभबाट निर्णय प्रक्रिया बाधा पुर्याउने र जनप्रतिनिधीका सबल र दुर्बल पक्षहरु छताछुल्ल हुन थालेका छन् । सोमबार प्रत्यक्ष प्रशारण भएपछि सामाजिक सञ्जालमा ठूलै हंगामा भए । मेयर बालेन्द्र साहलाई केही वडाध्यक्षले अप्ठेरोमा पार्न खोजेको भनेर धेरैले टिकाटिप्पणी गरेका छन् । सबैभन्दा बढी आलोचित छन् वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल ।

यसअघि पनि एक कार्यकाल वडाध्यक्ष रहिसकेका रिजाल गत स्थानीय चुनावबाट लगातार दोस्रोपटक निर्वाचित बनेका हुन् । कांग्रेसबाट निर्वाचित उनले एमालेका लक्ष्मीरत्न तुलाधरलाई ६ सय ८९ मतले हराएका थिए । हिजोको बैठकमा उनले प्रक्रियागत विषयमा विवाद उब्जाएका थिए ।

नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकामा फोहोरमैला व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेसँगै बैठकमा तनाव उत्पन्न भएको थियो । साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई–दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बमोजिम प्रशासकीय प्रमुखले पढेर सुनाए र भोलीपल्ट नै कार्यदलको बैठक बस्ने बताए । त्यसमा रिजालले आपत्ति जनाएका थिए ।
रिजालको प्रस्तुति बालेन्द्रका समर्थकहरुलाई चित्त बुझेन । उनीहरुले सामाजिक सञ्जालमा रिजालविरुद्ध तीव्र प्रतिक्रियाहरु जनाइरहेका छन् । तर, रिजाल भने यसलाई ठूलो विषय मान्दैनन् । एक चर्चित अनलाइन सँगको कुराकानीमा उनले आफूलाई प्रतिक्रियाहरुसँग मतलब नरहेको बताए । हिजोको बैठक नै ‘कहिँ नभएको जात्रा हाँडिगाउँमा’ उखान चरितार्थ भएको उनको टिप्पणी छ । मुकुन्दले यतिमात्र होईन् मेयर बालेन र उनको टिममाथि गम्भीर आरोप लगाएका छन् ।
हिजोको बैठकपछि सामाजिक सञ्जालमा निकै आलोचित भइरहनुभएको छ । तपाईंले प्रतिक्रियाहरु हेर्नुभएको छ कि छैन ? भन्ने प्रस्तोताको प्रश्नमा रिजालले आफू जनताको काममा लागेको मानिस भएको र कसले के लेख्छ भनेर नहेर्ने, कर्ममा विश्वास गर्ने मान्छे भएको र कर्म गरिरहेको बताउदै मान्छेले आ–आफ्नो स्तरबाट लेख्ने र आफूले त्यो स्तरलाई हेर्न नभ्याएको टिप्पणी गरे ।

हामीले ढल, खानेपानी र बाटो मात्र हैन धेरै कार्यविधी र नियमहरु बनायौँ । स्थानिय राजपत्र कार्यान्व्यनमा ल्याएका छौँ । काठमाडौं महानगरपालिकाको कार्यकारी बैठक कुन विधीबाट बस्ने भनेर किताब बनाएका छौँ । त्यसको अध्ययन गरिदिनु प¥यो । अहिले आएको मेयरसा’बलाई यस्ता धेरै कुराको जानकारी भएन होला । त्यही कारणले हिजोजस्तो स्थिति आएको हुँदा हामी दुखित छौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक त्यसरी बस्ने होइन । त्यो बोर्ड बैठक होइन, कार्यपालिका बैठक हो । जसरी क्याबिनेटको बैठक बस्छ, त्यसरी नै कार्यपालिकाको बैठक बस्ने गर्छ । तर हिजो त्यो प्रक्रियागत हुन सकेन । त्यो हुन नसकेर काठमाडौंबासीहरुको आत्मा रोएको छ ।

हामीले के सोचेका थियौ के भयो ? विधी, पद्दत्ति, प्रकृया र नेपाल सरकारको नियम–कानूनमा रहेर बैठक चलाइदिए राम्रो हुन्थ्यो भन्ने हो । मलाई संघीय मन्त्रालयबाट, स्थानीय निकायबाट फोन आइरहेको छ । होला प्रस्तुतिमा उठेर बोलियो होला, औंला ठड्याइयो होला । तर ती कुराहरु हामीले उभिएर नै बोलेका हौं । पहिला हामीलाई बस्ने ठाउँहरु छुट्टाइएको हुन्थ्यो । कार्यविधीमा हामीले बोल्ने समय तोकिएको हुन्थ्यो तर हिजो तीमध्ये केही पनि प्रकृया थिएन । भद्रगोल तरिकाले राखिएको थियो । त्यसले गर्दा नै त्यो स्थिति आयो । मेयर साबले पहिला बोर्ड बैठक र कार्यपालिका बैठक भनेको के हो पत्ता लगाउनुप¥यो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago