कसरी सर्पलाई फाइदा, जलवायु परिवर्तनले पृथ्वीमा असर

न्युयोर्क: अहिले मानिसदेखि जनावर, चराचुरुङ्गीदेखि स–सान किराहरू सबै प्राणी जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्षदर्शी बनेका छन् । तापक्रममा भएको वृद्धिले जैविक प्रणालीलाई नै परिवर्तन गरेको छ ।

वर्षा सिजनले जनावर र विरुवाको वासस्थान नाश भइरहेको छ । बढ्दो खडेरी र अप्रत्यासित हिमपात पृथ्वीका प्राणी जोखिममा छन् ।

यद्यपि, बढ्दो तापमानले वास्तवमा एउटा प्रजातिलाई फाइदा गरेको छ । त्यो हो र्‍याटलस्नेक । अमेरिकाको मिसिगन विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि र्‍याटलस्नेकहरू चिसो रगत भएका प्राणी भएकाले उच्च तापक्रम मन पराउँछन् ।

न्यानो जलवायुका कारण उनीहरूले उजाडयुक्त स्थानमा बढी समय बिताउँने र कम समय सुत्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।

अध्ययनका लागि अनुसन्धानकर्ताहरूको समूहले प्रशान्त क्षेत्रका र्‍याटलस्नेकको जाँच गरेका थिए । यी सर्पहरू ८६ देखि ८९ डिग्री फरेनहाइट तापक्रम मन पराउने पत्ता लागेको थियो । प्रशान्त क्षेत्रका र्‍याटलस्नेक दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा पाउन सकिन्छ । तिनीहरू वासिंगटन जस्तो चिसो क्षेत्रमा पनि बस्न सक्छन् ।

युनिभर्सिटी अफ मिसिगनमा विद्यावारिधिका छात्र हेली क्रोवेलले भने, ‘उनीहरू उत्तम संसारमा भन्दा चिसो तापक्रममा रहन्छन् । जलवायुमा केही डिग्री वृद्धि भयो भने पनि उनीहरू खुशी हुन सक्छन् किनभने यो तापक्रम उनीहरूले मन पराउँछन् । ’

शिकार तथा पानीको कम उपलब्धता र जंगलमा लागेको आगोको जोखिम बढेकोले रेटलस्नेकहरूले नकारात्मक प्रभावहरूको सामना पनि गरेका छन् । तर, र्‍याटलस्नेकमा अन्य जनावरमा भन्दा न्यून मेटाबोलिजम हुने र बाँच्नका लागि धेरै खानेकुरा आवश्यक नपर्ने क्रोवेलको भनाइ छ ।

अध्ययन इकोलोजी एन्ड इभोलुसन जर्नलमा प्रकाशित छ । एजेन्सी

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago