गौफ र ट्रेभिसान टेनिसको सेमिफाइनलमा

पेरिस: टिनएजर्स कोको गौफ र मार्टिना ट्रेभिसानले पहिलोपल्ट ग्रान्ड स्लाम टेनिसको सेमिफाइनलमा स्थान बनाउनेक्रममा मंगलबार फ्रेन्च ओपनको अन्तिम चारको यात्रा तय गरेका छन् । १५ वर्षको छँदै बिम्बल्डन ओपन खेल्ने सबैभन्दा कान्छी खेलाडी बन्नेक्रममै भेनस विलियम्सलाई पराजित गर्दै चौथो चरण पुगेर तीन वर्षअघि तहल्का मच्चाएकी अमेरिकी गौफले आफ्नै देशकी स्लोएन स्टेफेन्सलाई ७–५, ६–२ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिन् । खाना अरुचिको समस्याबाट मुक्त भएर फर्किंदै व्यावसायिक टेनिस करिअरलाई नयाँ उचाइमा पुर्‍याएकी ट्रेभिसानले तीन सेटको प्रतिस्पर्धामा क्यानडेली १९ वर्षीया लेयलाह फर्नान्डेजको चुनौती ६–२, ६–७, ६–३ ले समाप्त पार्दै क्वाटरफाइनल पार गरिन् ।
विश्व वरीयतामा २३ औं स्थानमा रहेकी गौफ स्टेफेन्सविरुद्ध युएस ओपन २०२१ को बदला लिइन् । यससँगै उनले गत वर्ष पेरिसमा पछि च्याम्पियन भएकी बारबोरा क्रेसिकोभाविरुद्ध क्वाटरफाइनलमा बेहोरेको हारको सम्झनालाई पनि यसपालि मेटेकी छन् । तीन वर्षयता ग्रान्डस्लाममा पहिलोपल्ट क्वाटरफाइनल खेलेकी स्टेफेन्सले गौफलाई रोक्दै दोस्रो सेट आफ्नो पक्षमा पारे पनि सफलता हात पार्न सकिनन् ।

‘मैले धेरै खुसी महसुस गरेकी छु,’ १८ वर्षीया गौफले भनिन्, ‘गत वर्षको हार मेरो लागि निकै कठिन भएको थियो तर मलाई विश्वास भयो कि त्यो खेलले मलाई बलियो बनाइदियो ।’ उनले थपिन्, ‘पछिल्लो समय मैले स्लोएनविरुद्ध हारेकी थिएँ । अहिले फरक रह्यो । म अहिले मानसिक रूपमा उनीजस्तै बलियो भएकी छु, जुन अरूले गर्न सक्दैनन् ।’

विश्व वरीयतामा ५९ औं स्थानकी ट्रेभिसान गौफभन्दा १० वर्ष बढी उमेरकी हुन् । उनी सन् २०२० मा आश्चर्यजनक रूपमा क्वाटरफाइनल पुगेकी थिइन् । उनी पहिलो डब्लुटीए उपाधि राबत (मोरक्को) मा जितेर फ्रेन्च ओपनमा आइपुगेकी हुन् । उनको मंगलबारको सफलता लगातार ९ खेलको जित पनि हो । सारा इरानी (२०१३) पछि फ्रेन्च ओपनको सेमिफाइनल पुग्ने उनी पहिलो इटालियन हुन् । उनी विश्व वरीयताको शीर्ष ३० भित्र पुग्न सफल भइन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago