अब फूर्पाले गल्ती स्वीकारे, नायिका मिरुनाले भाइ सम्झिइन्

काठमाडौं: प्रदर्शनरत नेपाली चलचित्र कबड्डी द फाइनल म्याचकी नायिका मिरुना मगर र फूर्पा तामाङबीच सहमति भएको छ । दुवैले एकापसमा क्षमायाचना गर्दै सहमति भएको हो ।

१५ जेठमा सिभिल मलमा नायिका मगरले आफूमाथि दुर्व्यवहार भएको भन्दै तामाङमाथि थप्पडसमेत हानेकी थिइन् । लगत्तै तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सो घटना बाहिर आएपछि सामाजिक सञ्जालमा नायिकाको आलोचना सुरु भएको थियो । अहिले उनीहरुबीच मिलापत्र भएको हो ।

तामाङले आफ्नो गल्ती स्वीकार गरेको र नायिका मगरले भाइ सम्झेर माफी गरेकी हुन् ।

क्षमायाचना गर्दै सहमति पत्रमा मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको भएपछि सो परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुने गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय वा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा मागेकी छन् ।

दुवै पक्षबीच भएको सहमतिमा अब यस विषयलाई लिएर विवाद नगर्नेसमेत सहमति गरिएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago