कविता: सुरलोकवासी जननी – सुरेन्द्र चौहान

कविता: सुरलोकवासी जननी

१)

कलम लिइकन हातमा , के लेख्न म सक्थेँ र!
सम्झना सुरलोकवासी जननीको , के छेक्न म सक्थेँ र!!

(२)

समाई पाउ मुसार्दा यसै, पोस मलाई मिल्दथ्यो कि!
पिठ्युँमै हुर्काइन उनले, थलमा कीटले पो चिल्द्थ्यो कि!!

(३)

मैले एकै गाँस मात्र के खाइदिए, आनन्द मिल्दथ्यो रे!
उताउलिएर बुर्कुसी मारे बुइगलमा, मौरीले चिल्द्थ्यो रे!!

(४)

मैनबत्ती कै शिखा झै उनी, बल्दै बल्दै पो गईन!
अकारण स्वजन परित्याग गरि, अलप पो उनी भईन्!!

(५)

छोरी बुहारी आमा सब बनिकन, सिद्धाश्रम प्रस्थान गरिन्!
नारी हुन जीवनदायनी लोक कि, सन्देश उनले छरिन्!!

(६)

नारी हुन् है दैवी शक्ति कि,नाश गर्दछिन दुष्ट को!
मान र मर्यादा राख्न सके उनको, रक्षा गर्दछिन इष्टको!!

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago